ad ad

अटो


होण्डाको नयाँ शोरुम ‘टाइम्स् अटोहब’ अब हेटौंडामा

होण्डाको नयाँ शोरुम ‘टाइम्स् अटोहब’ अब हेटौंडामा

नेपालखबर
माघ २३, २०७६ बिहिबार १६:१८,

होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको अधिकृत बिक्रेताका ज्योति गुपको एक अग्रणी कम्पनी, स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले रुद्रपथ, हेटौंडामा होण्डा बाइकको लागि आफ्नो नयाँ थि एस डिलरशिप ‘टाइम्स् अटोहब प्रा.लि’ को उद्घाटन गरेको छ।

मकवानपुरमा अवस्थित होण्डाको एकमात्र आधिकारिक उक्त शोरुमलाई मकवानपुर उद्योग वाणिज्यका अध्यक्ष कृष्ण कटुवाल, स्याकार ट्रेडिङका लागि होण्डा मोटरसाइकलका जेनेरल म्यानेजर सोहन श्रेष्ठ र स्याकार ट्रेडिङका लागि स्पेयर पार्टस्का जेनेरल म्यानेजर मुकुन्द श्रेष्ठले संयुक्तरुप उद्घाटन गरेका हुन्।

विक्री, सर्भिस र स्पेयर्स पार्टसमा उच्चस्तरीय सेवा प्रदान गर्न टाइमस् अटोहब प्रतिबद्ध रहेको बताएको छ। होण्डाका ग्राहकहरुले अब ९.९९ प्रतिशत ब्याजदरमा सरल र सहज हिसाबले सोही दिन कर्जा सुविधाु समेत प्राप्त गर्न सक्ने कम्पनीले जानकारी गराएको छ।

सोही अवसरमा प्रबन्धक निर्देशक शिवराम श्रेष्ठले टाइम्स् अटोहब, ग्राहकहरुको अपेक्षा पूरा गर्न हरेक पल तत्पर रहेको बताए। स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. ज्योति गुपके एक भाग हो। सन् १९७७ मा स्याकार कम्पनी प्रा.लिको रुपमा स्थापित यस कम्पनीले होण्डा मोटरसाइकल, स्कूटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकत बिक्रेताको रुपमा काम गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .