ad ad

अटो


ट्राफिक कारबाहीमा परेकाकाे कागजात फिर्ता गर्न सेवा विस्तार

ट्राफिक कारबाहीमा परेकाकाे कागजात फिर्ता गर्न सेवा विस्तार

नेपालखबर
फागुन २२, २०७६ बिहिबार ५:२४,

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाई उपत्यकाको थप ३ वटा कार्यालयहरूमा सेवा विस्तार गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेबापतको कसूरमा कारवाहीको लागि खिचिएका कागजपत्रहरुको अभिलेख व्यवस्थापनको लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाले सञ्चालनमा ल्याइरहेको
ट्राफिक भायलेसन रेकर्ड सिष्टम (टीभीआरएस) सफ्टवेयर फागुन २० गतेदेखि लागू हुने गरी महाशाखा मातहत महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुर, महानगरीय ट्राफिक प्रहरी वृत्त, नयां बसपार्क तथा महानगरीय ट्राफिक प्रहरी प्रभाग, गौशालामा समेत सञ्चालन गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालका अनुसार ट्राफिक कारबाहीलाई तीव्र रुपमा कार्यान्वय गरिएको कारण कारवाहीको लागि खिचिएका कागजपत्रहरु फिर्ता लिने सेवाग्राहीहरुको चाप दिनानुदिन बढदै गएकोले सेवाग्राहीहरुलाई कागजपत्रहरु फिर्ता प्राप्त गर्ने कार्यमा सहजता एवं सरलता प्रदान गर्ने अभिप्रायले सो सेवा मातहतका कार्यालयहरुमा समेत विस्तार गरिएको हो।

भक्तपुर जिल्ला भित्र कारवाहीको लागि खिचिएका कागजपत्रहरु भक्तपुर, चुनदेवीस्थित ट्राफिक प्रहरी कार्यालयबाट, नयाँ बसपार्क एरियाका कारबाहीको लागि खिचिएका कागपत्रहरु सोही स्थानको ट्राफिक प्रहरी कायालयबाट तथा गौशाला तथा एयरपोर्ट एरियामा कारबाहीको लागि खिचिएका कागजपत्रहरु ट्राफिक प्रहरी कार्यालय गौशालाबाट नियमानुसार तोकिएको जरिवाना भुक्तानी गरे पश्चात फिर्ता लिन सकिने व्यवस्था मिलाइएको छ।

यो सेवा महाशाखालगायत महाराजगञ्ज, थापाथली, कालीमाटी, कलंकी, सातदोबाटो, दरबारमार्ग, बौद्ध र कोटेश्वर पहिलेदेखि नै सञ्चालनमा रहेको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले दिए।

उनले भने, “मापसे र लेन कारबाहीमा परेका कागजपत्रहरू भने महाशाखाबाट सचेतना कक्षापश्चात् महाशाखाबाटै लिन सकिने व्यवस्था गरिएको छ।”

काठमाडाैं उपत्यकामा दैनिक रूपमा २ हजार ५ सयदेखि ३ हजार चालकहरु ट्राफिक नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीको कारबाहीमा पर्ने ट्राफिक प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .