ad ad

अटो


मोटरहेडले ल्यायो नयाँ स्किम, यस्ता छन् फाइदा

मोटरहेडले ल्यायो नयाँ स्किम, यस्ता छन् फाइदा

नेपालखबर
असार १२, २०७७ शुक्रबार ११:२७,

मोटरहेड ब्रान्डको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले ‘समस्या अनेक, सुरक्षित समाधान मात्र एक–मोटरहेड’ स्किम लागू गरेको छ।

कोरोनाले सिर्जना गरेको असहज परिस्थितिमा ग्राहकलाई सहज खरिदको प्रत्याभूति दिलाउन नयाँ स्किम ल्याएको कम्पनीले जनाएको छ। मोटरहेडले यस ब्रान्डका डर्ट, स्क्राम्बलर र स्पोर्ट बाइकहरु उपलब्ध गराउँदै आएको छ।

कम्पनीले पाँच मोडल टेक्कन २५०, एमएच२०० एक्स, स्पोर्ट्स २५० (रोड भर्सन र अफरोड भर्सन) र एक्स टर्क २५० (स्ट्रिट भर्सन)मा सिधै १५ हजार र अन्य दुई मोडल एमएच१५० आर (स्ट्रिट भर्सन) र स्क्राम्बलर २५० (स्ट्रिट भर्सन)मा २० हजारसम्मको छुट स्किममार्फत दिएको छ।

यसबाहेक ग्राहकले कुनै पनि मोडल खरिद गर्दा आगामी आवको शतप्रतिशत करछुट, तेस्रो पक्ष बीमाका साथै खरिदकर्ताको निःशुल्क कोभिड बीमा पनि गराउने कम्पनीले जनाएको छ।

नेपालभर उपलब्ध १२ स्थानका कम्पनीका डिलर तथा शाखाबाट यो अफर प्राप्त गर्न सकिने तथा शुक्रबारदेखि नै यो अफर स्क्रिम लागू हुने कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .