ad ad

अटो


कोभिडले बजार थला परे पनि गल्फ लुब्रिकेन्टमा सामान्य अवस्थाकै सुविधा

कोभिडले बजार थला परे पनि गल्फ लुब्रिकेन्टमा सामान्य अवस्थाकै सुविधा

नेपालखबर
साउन ८, २०७७ बिहिबार ९:३४,

कोभिड–१९ को अवस्थामा पनि गल्फ लुब्रिकेन्टमा आबद्ध सबैले नियमित सुविधा पाउने भएका छन्। कम्पनीले कर्मचारी, डिलर, मेकानिकललाई सामान्य अवस्थामा दिएको सुविधालाई नै निरन्तरता दिएको बताएको हो।

नेपाल ल्युब आयल लिमिटेडले अन्तर्राष्ट्रिय ब्राण्ड गल्फका लुब्रिकेन्ट उत्पादन गरी बिक्री वितरण गरिरहेको छ। कम्पनीका डेपुटी जनरल मेनेजर दिवाकर मिश्राले कोभिडको अवस्थामा पनि डिलर तथा कर्मचारीले निरन्तर मिहिनेत गरेकाले सुविधामा कुनै कटौती नगर्ने बताएका हुन्।

‘गल्फ अन्तर्राष्ट्रिय ब्राण्ड भए पनि हामीले नेपालमै उत्पादन गरी लुब्रिकेन्ट सप्लाई गरिरहेकाले बन्द हुँदा पनि गल्फले निरन्तर सेवा दिइरह्यो’, उनले नेपालखबरसँग भने, ‘कोभिडको त्रासको अवस्था रहेको थियो। तै पनि गल्फले अत्यावश्यक गाडी गुडेको अवस्थामा लुब्रिकेन्ट आवश्यक हुन्छ भनी जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर लुब्रिकेन्ट सप्लाई भइरहेको थियो।’

gulf lube subidha 1

सरकारले अटो मोबाइललाई विलासिताको क्षेत्र भने पनि लकडाउनको समयमा पनि चलाउनुपर्ने रहेछ। कति उद्योग बन्द भए तर सबै सवारीसाधन बन्द भएनन्। त्यसैले अटो मोबाइल पनि अत्यावश्क क्षेत्र हो भन्ने बुझ्न आवश्यक रहेको उनको भनाइ छ।

‘सुरक्षा, स्वास्थ्य, प्रेसलगायतका सवारीसाधन चलिरहे। त्यसले गर्दा लुब्रिकेन्ट बजार वा उद्योग बन्द गर्ने अवस्था आएन। त्रासका बीच पनि उद्योग चलाउनुपर्ने अवस्था भयो। यदि यो बन्द गर्नुपर्ने अवस्था आएको भए सबै मेसिनरी क्षेत्र बन्द हुन्थ्यो’, उनले भने।

चैत ११ देखि सुरु भएको लकडाउन साउन ७ गतेबाट शर्तसहित अन्त्य भएको छ। लकडाउन खुलेसँगै दुईपांग्रे सवारीको चाप पनि बढ्ने र नयाँ दुईपांग्रे सवारी पनि बढ्ने हुँदा दुईपांग्रे सवारीको लुब्रिकेन्ट बजारमा खासै असर नपर्ने उनी बताउँछन्।

सरकारले कृषि औजारमा प्रोत्साहन गरेकाले कृषिमा प्रयोग भइरहेका ट्याक्टरलगायतका मेसिन चलायमान भइरहे। जसले यो क्षेत्रमा प्रयोग हुने लुब्रिकेन्ट बजारमा लकडाउनले खासै असर नगरेको उनको भनाइ छ।

प्यासेन्जर कार र कमर्सियल सवारीमा प्रयोग हुने लुब्रिकेन्टमा अलि पछिसम्म बढी असर पर्ने देखिएको उनी बताउँछन्।

‘अत्यावश्यक ढुवानीका साधन चले पनि लामो दूरीको सवारी चलेका छैनन्’, मिश्राले भने, ‘लामो दूरीको सवारी खुल्नासाथ पनि धेरै मानिस अत्यावश्यक कामबाहेक आवागमन गर्ने अवस्था हुँदैन।’

प्यासेन्जर कारमा नयाँ बजार बढ्ने कुनै सम्भावना छैन। मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सवारीसाधन खरिद गर्दा पाइने ऋण बढाउने अटो व्यवसायीले विश्वास गरेका थिए। तर पुरानो व्यवस्थामा हेरफेर भएन।

nepal lube oil 66

त्यसको सिधा प्रभाव लुब्रिकेन्ट बजारमा पनि पर्छ। बजारमा जति नयाँ गाडी आयो, लुब्रिकेन्टको माग पनि बढ्ने हो।

‘प्यासेन्जर कार बिक्री कम हुँदा त्यसमा प्रयोग हुने लुब्रिकेन्ट घट्छ। अब हामीले आफ्नो बजार बढाउने अवस्था छैन। पुरानै माग कति थियो, त्यसै योजनाअनुसार अघि बढ्नुपर्छ’, मिश्राले भने।

‘दशैंसम्म सामान्य अवस्थामा आउँछ’
कोभिडले करिब ५० प्रतिशत प्रभाव परेको लुब्रिकेन्ट बजार दशैंसम्म सामान्य अवस्थामा फर्किने विश्वास उनको छ।

आफ्नो गाउँ गएका मेकानिक्स अब विस्तारै आफ्नो काममा फर्किनेछन्। विस्तारै सबै वर्कशप खुल्न थाल्छन्। लामो समय थन्किएर बसेका सवारी बाहिर नियमित सञ्चालन गर्दा लुब्रिकेन्टको प्रयोग फेरि बढ्दै जानेछ।

‘लामो समय बन्द भएका सवारी, उद्योग, मेसिन चलाउँदा व्यवसायीले आयल फेर्छन्’, उनले भने, ‘अटो बजार चलायमान भएसँगै लुब्रिकेन्ट बजार नर्मल (सामान्य) अवस्थामा आउँछ। दशैंसम्म सबै नर्मल अवस्थामा आउने आँकलन गरेका छौंँ।’

सामान्य अवस्थामा कारोबार लक्ष्य राखेर व्यवसाय हुन्थ्यो। डिलरहरुले त्यहीअनुसार सामग्री बजार पठाउँथे। तर कोभिडको कारण गत वर्ष त्यो लक्ष्य पूरा नभएको उनको भनाइ छ। ‘तर साउनमा गाडी खुल्न थालेकाले अब नर्मल अवस्थाभन्दा छोटो समयका लागि माग बढ्ने विश्वास रहेको छ’, उनले भने ।

सबै प्रकारका लुब्रिकेन्ट नेपालमै उत्पादन
गल्फ लुब्रिकेन्टले अटो क्षेत्र, औद्योगिक क्षेत्र, कृषिमा प्रयोग हुने मेसिनरी सबै साधनका लागि आवश्यक पर्ने सबै प्रकारका लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ।

गल्फ ५ वर्षदेखि परिमाणको हिसाबले नेपालको सबैभन्दा बढी बिक्री गर्ने कम्पनीमा पर्छ। नेपालको लुब्रिकेन्ट बजार करिब ३७ हजार केएल रहेको छ। यसको करिब १२ प्रतिशत मात्रै गल्फ कम्पनीले उत्पादन गर्दै आएको छ। गल्फका नेपालभर ३५ वटा डिलर छन्।

नेपाल ल्युब आयल लिमिटेड २०४२ सालमा स्थापना भएको थियो। २०५२ सालमा तत्कालीन सरकारले उद्योगलाई निजीकरण गर्ने नीतिअनुसार चौधरी ग्रुपले लिएको हो। कम्पनीको व्यवस्थापनलगायत अधिकांश स्वामित्व चौधरी ग्रुपको रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .