ad ad

समाज


कञ्चनपुरमा संक्रमितकाे संख्या पाँच सय नाघ्याे

कञ्चनपुरमा संक्रमितकाे संख्या पाँच सय नाघ्याे

गोकुल जोशी
साउन ८, २०७७ बिहिबार ९:१७,

कञ्चनपुरमा बिहीबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका पाँच महिला र २१ पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ३ महिला, १० पुरुष, बेलडाँडी गाउँपालिकाका ८ पुरुष र बेलौरी नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको हो।

यो सँगै कञ्चनपुरमा संक्रमित संख्या ५०७ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .