ad ad

अटो


बजेट भाषणमा बढाइएको विद्युतीय गाडीको कर घट्यो

बजेट भाषणमा बढाइएको विद्युतीय गाडीको कर घट्यो

नेपालखबर
असोज १५, २०७७ बिहिबार १५:१३,

चालू आर्थिक वर्षकाे बजेटमार्फत सरकारले बढाएको विद्युतीय गाडीको कर घटेको छ। आयात गर्दा लाग्ने अन्तशुल्क १० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्‍याएकोमा आज बसेको मन्त्रिपरिषद्को बैठकले घटाउने निर्णय गरेको हो।

त्यसको कानुनी प्रावधान मिलाउन राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत भएको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

उनले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफा १ बमोजिमका करका दरहरु घटाउने निर्णय गरेको बताए। जसमा विद्युतीय गाडीमा करको महसुल दर पनि पर्छ।

मन्त्रिपरिषले मुनाफारहित सार्वजनिक संस्थान, सामुदायिक संस्था, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेका संगठित संस्थालाई ऐन बमोजिम लाग्ने दस्तुर, शुल्क, महसुल वा कर घटाउन वा बढाउन अर्थमन्त्रालयले सक्ने गरी राजपत्र प्रकाशन गर्ने निर्णय गरेको छ।

याे पनि: बिजुली गाडीमा कर : प्रधानमन्त्रीको आदेशमा पछि हट्दै अर्थमन्त्री

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .