ad ad

अटो


हुन्डाई मोटर सर्वोत्कृष्ट पाँच अटोमोटिभ ब्राण्ड बन्न सफल

हुन्डाई मोटर सर्वोत्कृष्ट पाँच अटोमोटिभ ब्राण्ड बन्न सफल

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार १३:६,

हुन्डाई मोटरको विश्वव्यापी ब्राण्ड मूल्यमा हरेक वर्ष एक प्रतिशतले बृद्धि हुँदै गएको छ। जसको मतलब हरेक वर्ष १४.३ बिलियन अमेरिकी डलर मूल्य बृद्धि हुँदै ग्लोबल अटोमोटिभ ब्राण्डको ५ औं ब्राण्ड र समग्रमा ३६ औं ब्राण्ड मा पर्न सफल बनेको छ।

सन् २००५ पछि पहिलो पटक हुन्डाई अटोमोटिभ ब्राण्डको ५ औँ श्रेणीमा पर्न सफल भएको छ र साथै कोभिड–१९ बिच यस वर्षको सुचीमा बढ्दो ब्राण्ड मुल्य भएको एक मात्र अटोमोटिभ ब्राण्ड बनेको छ।

ईभी लाइनअप ब्रान्ड आईओएनआईक्यूको लन्च, फ्युचर मोभिलीटिमा लगानी र अनलाइन सेल्स च्यानलको मार्फत ब्राण्डको छिट्टो मार्केट रेस्पोन्स र सोसियल कन्ट्रीब्युसन क्रियाकलापले कम्पनीको ब्राण्ड पावर वृद्धि गर्न सहयोग गरेको छ।

इन्टरब्राण्ड बेस्ट ग्लोबल ब्राण्ड २०२० को अनुसार, हुन्डाई मोटर कम्पनीले अटोमेकरहरूमाझ आफ्नो ग्लोबल ब्राण्ड मूल्य र प्रतिष्ठा वृद्धि गर्दै आएका छन्। एक सर्भेको अनुसार, हुन्डाई मोटरको विश्वव्यापी ब्राण्ड मूल्यमा हरेक वर्ष एक प्रतिशतले वृद्धि हुँदै गएको छ, जसको मतलब हरेक वर्ष १४.३ बिलियन अमेरिकी डलर मूल्य वृद्धि हुँदै ग्लोबल अटोमोटिभ ब्राण्डको ५ औं ब्राण्ड र समग्रमा ३६ औं ब्राण्ड मा कोविड–१९ महामारीको कारण मन्दी बजार भए तापनी पर्न सफल बनेको छ।

पछिल्लो ६ वर्षदेखि हुन्डाई कम्पनीले इन्टरब्राण्डमा ४० ग्लोबल कम्पनीमध्य एक रहेको छ। सन् २००५ मा टप एक सय कम्पनीमा पर्दै आएको हुन्डाई, गत १५ वर्ष देखि लगातार प्रगति गर्दै आइरहेको छ र उत्कृष्ट सयको सुचीमा सधै रहदै आएको छ।

इन्टरब्राण्ड भ्यालुएसन ग्लोबल डिरेक्टर, माइक रोचाको अनुसार, हुन्डाई मोटर कम्पनीको ब्राण्ड मुल्य ईभी लाइनअप आईओएनआईक्यूको लन्च, फ्युचर मोभिलीटिमा लगानी र अनलाइन सेल्स च्यानलको मार्फत ब्राण्डको छिट्टो मार्केट रेस्पोन्स र सोसियल कन्ट्रीब्युसन क्रियाकलापको कारण वृद्धि हुँदै गएको हो।

उनले भने, ‘हामीले कम्पनीको बजार परिवर्तनप्रतिको सक्रियताका साथै दीर्घकालीन ब्राण्ड र अनलाइन सेल्समा भएको उपलब्धिलाई सकारत्मक रुपमा लिएका छौं, यस कम्पनीले सामाजिक संजालको सेल्स च्यानलको माध्यमबाट विद्युतीय ब्याट्री र फ्युल-सेल विद्युतीय गाडीको बिक्रि वृद्धि गरेको छ।’

हुन्डाई मोटोर्सको मोबिलिटी इलेक्ट्रिफिकेसन कमिटमेन्ट पछिल्लो पटक लन्च गरिएको ईभी ब्राण्डको बाट आईओएनआईक्यू देखिन्छ। कम्पनीको इन्नोभेट मोडेलमा आईओएनआईक्यूको मातहतमा कम्पनीले आउँदो चार वर्षमा तीन नयाँ मोडेल लन्च गर्ने तयारीमा रहेको छ।

हुन्डाईले ईभीको ग्लोबल मार्केटमा आफ्नो प्रभुत्व कायम गर्न आईओएनआईक्यूको नयाँ मोडेल सहित बजारको माग अनुसार चल्ने बताएको छ।

हुन्डाई मोटोर्सले हाइड्रोजेन फ्युल सेल प्रविधिमा लगानी संगै यातायातको क्षेत्रमा भइरहेको व्यापक परिवर्तनलाई पनि कायम गरेको छ।

कम्पनीले हालै स्विट्जरल्यान्डमा फ्युल सेलको हेभी-ड्युटी सेल इलेक्ट्रिक ट्रकको सातवटा युनिट वितरण गरको छ र यस वर्षमा थप ५० वटा त्यस्तो ट्रक बजारमा उपलब्ध गराउने योजना रहको जनाएको छ। सन् २०२१ सम्ममा फ्युल–सेल ट्रकको उत्पादन क्षमता हरेक वर्ष दुई हजार ट्रक उत्पादन हुने रहेको छ र यसको मुख्य बजार युरोप, अमेरिका र चीनमा हुने बताएको छ।

कम्पनीले शहरी क्षेत्रमा ट्राफिक चुनौतीहरुलाई समाधान गर्नको लागि नयाँ मोबिलिटी परिवर्तन, अर्बन एयर मोबिलिटी (युएएम) को तयारीमा रहेको छ। रोबोटिक्सको क्षेत्र, अटोनोमस ड्राइभिंग प्रविधि र फ्युचर मोबिलिटीमा आफ्नो प्रतिस्पर्ध कायम राख्नको लागि कम्पनीले थुप्रै अनुसन्धान तथा विकासको आयोजनामा सहकार्य गर्दै आएको छ । जसमा ओपन इनोभेसन ल्याब तथा विश्वमा रहेका थुप्रै ल्याबसँग सहकार्य रहेको छ।

हुन्डाई मोटर कम्पनीका ग्लोबल चिफ मार्केटिंग अफिसर वोहोङ चो भन्छन्, ‘हामीले अहिलेको व्यापक बढ्दै गरको बजार र अवस्थालाई मध्यनजर गर्दै फ्युचर मोबिलिटीमा नेतृत्व गर्ने योजना लिएका छौं र कोरोना जस्ता अप्रत्याशित कारकहरुले निम्त्याएको समस्यालाई पनि समाधानका लागि पनि तत्पर रहेका छौं।’

उनले थपे, ‘कम्पनीको फ्युचर मोबिलिटीमा गरेको भव्य निर्णय संगै ग्राहक तथा मानिसहरुमा अझ राम्रो अनुभवको बारेमा केन्द्रित रहने छ र कम्पनीको लागि मानिसहरुको खुसी नै सबै भन्दा महत्वपूर्ण हुनेछ।’

हुन्डाईले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै आफ्नो विश्वव्यापी अनलाइन च्यानलमा काम तिब्र बनाएको छ। जस्तै, अमेरिका र भारतमा ‘क्लिक टु बाइ’ सुविधाले कम्पनीको व्यापार वृद्धि भएको छ। युरोपमा पनि उक्त सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ। यस सेवाको कारण कम्पनीले १.५ मिलियन भर्चुअल भिजिटर्स, २० हजार सेल्स इन्क्वाइरीज र दुई हजार भन्दा अधिक बिक्रि गरको छ। अमेरिकामा ९५ प्रतिशत भन्दा अधिक ग्राहकले ‘क्लिक टु बाइ’ सेवा प्रयोग गरेका छन्।

हुन्डाई कम्पनीले कोरोना महामारीको कारण समस्यामा परेका थुप्रै मानिसलाई सहयोग गर्दै आएको छ। जस्तै कम्पनीले सरसफाईको प्रोडक्ट्स तथा बिरामीको यातायातको व्यवस्था तथा स्वास्थ्यकर्मीको उपचार र थुप्रै आर्थिक सहयोग साथै आफ्नो ग्राहकहरुलाई विभिन्न सेवा पनि उपलब्ध गर्दै आएको छ।

यसको क्रियाकलापको कारण हुन्डाई कोरोना महामारीको समयमा पनि आफ्नो ब्राण्ड मूल्य वृद्धि गर्ने कम्पनी बनेको छ। जस्का कारण कम्पनीको रेन्किङ पहिलो वर्षको तुलनमा एक स्थानको वृद्धि भई विश्वव्यापी मोटर वाहन कम्पनीहरूमध्ये पाँचौंमा पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .