ad ad

समाज


ललितपुरबाट लागुऔषधसहित चार जना पक्राउ

ललितपुरबाट लागुऔषधसहित चार जना पक्राउ

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार १३:१८,

ललितपुर जिल्लाको ललितपुर महानगरपालिका १५ हात्तीवनबाट सशस्त्र प्रहरी टोलीले विभिन्न किसिमको लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको थाहा नगरपालिका १२ बस्ने २२ वर्षीय सविन आलेमगर, धादिङ जिल्लाको थाक्रे गाँउपालिका ४ बस्ने २७ वर्षीय रणबहादुर आलेमगर, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका १४ बस्ने ३६ वर्षीय राजकुमार रोका र ३० वर्षीय जितकुमार श्रेष्ठ छन्।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण खुमलटारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट चरेश दुई केजी, नोफिन ५० वटा, डाईजोल्याप ५० वटा, फोनीगाम ५० वटा र ६ वटा मोबाईल सेट बरामद गरेको छ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोबाईल सेटसहित आवश्यक कारवाहीको लागि प्रहरी बृत्त सातदोबाटोमा बुझाइएको छ।

यसैगरी पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट एपीएफ टोलीले विभिन्न किसिमको लागुऔषधसहित मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका २० बस्ने २३ वर्षीय सागर रसाईलीलाई पक्राउ गरेको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट विरगंजबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा वीनसीरेक्स १७ बोतल र नाईट्राभेट ट्याब्लेट ५५ वटा फेला पारेपछि पक्राउ गरिएको हो।

पक्राउ परेकालाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .