ad ad

अटो


ग्लोबल एनक्यापको सेफ्टी रेटिङमा टाटाका गाडी सधैँ उत्कृष्ट, यस्तो छ कारण

ग्लोबल एनक्यापको सेफ्टी रेटिङमा टाटाका गाडी सधैँ उत्कृष्ट, यस्तो छ कारण

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार ९:१३,

ग्लोबल एनक्याप सेफ्टी रेटिङमा टाटाका गाडी उत्कृष्ट बन्दै आएका छन्। टाटाका हचब्याग, एसयूभीलगायतका सबै सेगमेन्टमा सुरक्षाको हिसाबले अब्बल देखिँदै आएका छन्।

ग्लोबल एनक्याप सेफ्टी रेटिङमा अहिले विभिन्न कम्पनीले थोरै स्टार रेटिङ पाउँदा टाटाका ४ स्टार र ५ स्टार रेटिङ पाएका गाडी चर्चामा रहेका छन्।

नेपालमा टाटाका गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ हो। भारतमा निर्मित टाटाका गाडी ३८ वर्षदेखि नेपालमा बिक्री भइरहेको छ।

नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै टाटाले गाडी नेपालमा ल्याउँदै आएको छ। टाटाले सुरुमा कमर्सियल भेहिकल मात्रै उत्पादन गर्दै आएकोमा पछिल्लो समयमा प्यासेन्जर भेहिकलमा पनि राम्रो बजार ओगट्न सफल भएको छ।

टाटाले नेपालमा टाटाको ‘गोल्ड स्ट्यान्डर्ड अल्ट्रोज’ नेपालमा दसैँअघि सार्वजनिक गर्दै टाटाले अल्ट्रोज नेपालमा कुनै गाडीसँग प्रतिस्पधा गर्नु नपर्ने बताएको थियो। टाटा अल्ट्रोजका ग्लोबल एनक्यापमा ५ स्टार रेटिङ पाएको गाडी हो। अल्ट्रोजको डिजाइन विश्वकै सुरक्षित धातुबाट बनाइएको कम्पनीले दाबी गरेको छ।

tata altroz 55

हचब्यागमा अल्ट्रोज अत्यधिक रुचाइएको गाडीमा पर्ने कम्पनीले आशा गरेको छ। निकै आरामदायी, ठूलो स्पेस, विशिष्ट फिचर तथा ठूला कारको जस्तै प्रस्तुति दिनसक्ने कम्पनीको दाबी छ।

टाटाले अल्ट्रोजमा सबैभन्दा बढी सुरक्षा र सुविधाको लागि ध्यान दिएको छ। गाडीको सुरक्षाको लागि ९.३ भर्जनको एबीएस ब्रेकिङ सिस्टम रहेको छ। इलेक्ट्रिोनिक ब्रेकफोर्स सबै पांग्रामा हुनेछ। बीएस ६ इन्जिनसहितको अल्ट्रोजमा डुअल फ्रन्ट एयरब्याग रहेको छ।

३४५ लिटर बुट स्पेस रहेको गाडीमा राम्रो साउन्ड सिस्टम रहेको छ। सामग्री राख्न बुट स्पेस ठूलो हुँदा गाडीमा धेरै सामग्री लिएर हिँड्न पनि सजिलो हुनेछ।

रिभर्स पार्किङ क्यामेरा रहेको गाडीमा बच्चालाई सुरक्षाको लागि छुट्टै सिटको समेत व्यवस्था गरिएको छ। गाडीको ढोका खुल्दा भ्वाइस अलर्ट सिस्टम रहेको छ। जसले कुने दुर्घटना हुनबाट जोगाउन सक्छ।

आउट स्ट्यान्डिङ राइड एण्ड हेन्डलिङसँगै सुरक्षामा विशेष ध्यान दिएको छ। गाडीमा मल्टी ड्राइभ मोड छ– स्पोर्ट सिटी वा इको। जुन आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ।

tata nexon car

टाटाको अल्ट्रोजसँगै एसयूभी सेगमेन्टमा नेक्सन गाडी नेपालमा लोकप्रिय रहेको छ। टाटाको नेक्सनले पनि ग्लोबल एनक्याप क््रयास रेटिङमा पनि ५ स्टार नै पाएको छ। योसँगै नेक्सनमा ड्युल एयरब्याग, एबएससँगै इबीडी, पार्किङको लागि रियर सेन्सर क्यामेरा, फन्ट फग ल्याम्प, रियर डिफोगर, सिटबेल्ट रिमाइन्डर रहेका छन्।

नेपालमा नेक्सन डिजेल र पेट्रोल दुवै भेरियन्टमा उपलब्ध छ। नेक्सनको इन्जिनले ११० पीएस पावर र १७० एनएम टर्क पावर जेनेरेट गर्छ। यो गाडीको बुट स्पेस ३५० लिटर छ।

टियागो र टिगोरले पनि पाएका छन् ४ स्टार रेटिङ
क्र्यास रेटिङमा राम्रो नम्बर पाएको गाडी दुर्घटना हुँदा गाडीभित्र भएको मानिसको ज्यान जाने सम्भावना कम हुन्छ। टाटाको टियागो दाउन्नेमा दुर्घटना हुँदा चालकलाई केही नभएपछि गाडीको सुरक्षाको विषयमा चर्चा भएको थियो।

३ सिलिन्डर टाटा टियागो १२ सय सीसीको हचब्याग सेगमेन्टको गाडी हो। ग्लोबल एनक्यापमा क््रयास टेष्टमा ४ स्टार रेटिङ पाएको छ।

गाडीले ६ हजार आरपीएममा ८५ पीएस पावर र ३५ सय आरपीएममा ११४ एनएम टर्क जेनेरेट गर्छ। ३५ लिटर इन्धन ट्यांक भएको टियागोमा २४२ लिटर बुट स्पेस छ। टियागो ५ सिटर हचब्याग कार गाडी हो।

International charity and network of global crash test programmes

टाटाकै एनआरजी हचब्याग समेत ४ स्टार रेटिङ पाएको गाडी हो।

त्यस्तै टाटाको कम्प्याक्ट सेडान टिगोर गाडीको पनि सेफ्टी रेटिङमा ४ स्टार पाएको गाडी हो। यसमा ड्युल एयरब्याग, एबीएस, इबीडी, अटो डोर लक, पार्किङ सेन्सर लगाएका सेफ्टी फिचर्स समेत रहेका छन्।

के हो ग्लोबल एनक्याप?
ग्लोबल एनक्याप अर्थात् द ग्लोबल न्यु कार एसेसमेन्ट प्रोग्राम बेलायतमा दर्ता भएको टुवार्ड्स जिरो फाउन्डेसनको मुख्य परियोजना हो। यसले एउटा प्लेटफर्मको रुपमा विश्वमा उत्पादन हुने नयाँ कारहरुको मूल्यांकन गर्छ।

साथै यसले संयुक्त राष्ट्रसंघको अतिमहत्वपूर्ण मोटर सवारीसाधनको सर्वस्वीकृत सुरक्षा मापदण्डको प्रवर्द्धन गर्छ। यसका सवारीसाधन सुरक्षाबारे आफ्नै उद्देश्य, मिसन र रोडम्याप रहेको छ।

यसले सवारीसाधनभित्रका र पैदल यात्रुको जीवन संरक्षणका लागि २०२० सम्ममा सबै नयाँ कार उत्पादनमा राष्ट्रसंघीय न्यूनतम दुर्घटना परीक्षण मापदण्डलाई प्रतिनिधित्व गरेको छ। (यो सन् २०१५ मै सार्वजनिक गरिएको प्रस्ताव हो।)

यसले नयाँ सवारीसाधनको दुर्घटना परीक्षणपछि रेटिङ नम्बर उपलब्ध गराउँछ। जसबाट उक्त सवारीसाधन कति सुरक्षित छ भन्ने सामान्य आँकलन गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .