ad ad

अटो


अल्टिमेट हिमालयन मोटरल्यान्डको साधारणसभा सम्पन्न

अल्टिमेट हिमालयन मोटरल्यान्डको साधारणसभा सम्पन्न

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ७:९,

अल्टिमेट हिमालयन मोटरल्यान्डले आफ्नो साधारणसभा सम्पन्न गरेको छ।

साधारणसभाले संस्था सञ्चालनका लागि अनिल कुमार बराललाई अध्यक्ष तथा दिप्रश शाक्यलाई प्रबन्धनिर्देशक र सुशील तण्डुकारलाई प्राविधिक निर्देशक रहने गरी नौ सदस्यीय सञ्चालक समिति गठन गरेको छ।

बीसौँ वर्ष अटोमोवाइल क्षेत्रमा क्रियाशील अध्यक्ष बराल एउटा स्थापित उद्योगपति हुन् भने रेसिङ्ग क्षेत्रमा नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरैचोटि सहभागी भएका व्यक्तित्व पनि हुन्। त्यसैगरि सफल व्यावसायिक घरानाको दिप्रश मोटर स्पोर्टस प्रेमी तथा यस विषयमा जानकार व्यक्तित्व हुन्।

अटो मोबाइलमा एक दशक अनुभव बटुलेका सुशील सफल इन्जिनियर मात्र नभई मोटर स्पोर्टसलाई नेपालमा स्थापित गर्न सुरुदेखि लाग्ने एक अनुभवी पात्र पनि हुन्।

auto dhulikhel 2

नेपालको नाम अन्तर्राष्ट्रियजगतमा राख्न यस प्रकारका साहसिक खेलको ठूलो योगदान रहने विश्वास गरिएको छ। सञ्चालक समितिका अर्का सदस्य तथा नासा नेपालका सचिव निरज खडका, आशिस लामिछाने प्रमख सल्लाहकार छन्।

यो टोलीलाई नासा नेपालका अध्यक्ष दशरथ रिसालले खादा ओढाई बधाई तथा सफल कार्यक्रमको शुभकामना दिएका थिए।

विश्वमा साहसिक अनि महँगो खेल भनी परिचित मोटर स्पोटर्स नेपालमा अहिले युवाहरुबीच लोकप्रिय हुँदै गइरहेको छ। मोटरसाइकल अनि मोटर कारको छुट्टाछुट्टै प्रकृतिमा हुने यो प्रतियोगितालाई नेपालमा पनि संस्थागत गर्न नासा नेपाल दशकौँदेखि अग्रसर छ।

auto dhulikhel 3

हातमा गन्न सकिने केही खेलाडीहरुले राष्ट्रिय झण्डा बोकी अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउने काम पनि गरिरहेका छन्। यस कार्यलाई अझ सशक्त गरी तालिम, प्रतियोगितालगायत रेफरी, मार्सल, खेलाडी नै तयार गर्ने विभिन्न योजनाका साथ रेसिङ्ग सर्किट धुलीखेलमा निर्माण गरिएको छ, जन संसारका रेसिङ्ग सर्किटहरुमध्ये विश्वकै अग्लो स्थानमा अवस्थित छ।

बालबालिका युवा समेतलाई नियमित खेल अनि तालिम दिन कार्ट, चालक तालिमका लागि सिमुेटरसहित करिब ३५ रोपनीमा तयार गरिएको यस रेस ट्रयाक, अन्तर्राष्ट्रिय नियामक संस्था एफआईए तथा एफआईएमबाट अनुबन्धित संस्था नासा नेपालबाट स्वीकृत प्राप्त नेपालको लागि एक मात्र रेसिङ्ग सर्किट हो। यसलाई नै अल्टिमेट हिमालयन मोटरल्यान्डको नाम दिइएको छ।

auto dhulikhel 4

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .