दश देशका दश वैज्ञानिकले चिनियाँ विज्ञहरुसँग संयुक्त रुपमा काम गर्ने बताइएको छ।
जापान, कतार, जर्मनी, भियतनाम, रुस, अस्ट्रेलिया, डेनमार्क, नेदरल्यान्ड्स, बेलायत र अमेरिकाका स्वास्थ्य विज्ञ, जनावर स्वास्थ्य विशेषज्ञ र भाइरस विज्ञहरु चीन जाने र चिनियाँ टोलीसँग संयुक्त रुपमा काम गर्ने डब्लूएचओको भनाइ छ।
चीनमाथि कोरोना भाइरसको उत्पत्तिको बारेमा जानकारी लुकाएको आरोप लाग्ने गरेको छ।
सबै देशका वैज्ञानिक समावेश यस अध्ययनले पारदर्शी ढंगबाट भाइरसको उत्पत्तिको बारेमा पत्ता लगाउने जनाइएको छ। एजेन्सी
प्रतिक्रिया