ad ad

अटो


टाटा मोटर्सको टाटा एच५ वन डे वन्डर

टाटा मोटर्सको टाटा एच५ वन डे वन्डर

नेपालखबर
मंसिर १७, २०७७ बुधबार १५:१२,

टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि.ले टाटा एच५ गाडीमा विभिन्न अफर सहितको ‘एच५ वन डे वन्डर, इट्स नाउ ओर नेभर’ नामक एकदिने बृहत कार्यक्रमको आयोजना गर्दैछ।

यो कार्यक्रम यहि मंसिर २१ गते टाटा मोटर्स थापाथली शोरुममा हुँदैछ। योजना अन्तर्गत उक्त दिन टाटाको एच५ गाडी बुकिङ तथा प्रि( बुकिङ गर्ने ग्राहकहरुलाई टाटाको तर्फबाट भारी छुटसहित आकर्षक बोनस तथा आकर्षक उपहारहरु प्रदान गरिनेछ।

त्यस दिन एच५ बुकिङ गर्ने ग्राहकहरुले रु तीन लाख ५० हजारसम्मको नगद छुट, प्रत्येक बुकिङमा आइ फोन ११, रु एक लाख ५० हजारसम्मको एक्सचेञ्ज लोयल्टी बोनस रु एक लाखसम्मको एक्सचेञ्ज बोनस प्राप्त गर्नेछन्।

साथै कम्पनीले जनाए अनुसार ‘अर्ली बर्डस रजिस्ट्रेसन’ अन्तर्गत मंसिर १९ सम्म कम्पनीद्वारा उल्लेखित लिंकमा गएर अनलाइन मार्फत प्रि-बुकिङ गर्ने ग्राहकहरुले अझै रु २५ हजार थप नगद छुट र रु २५ हजार सम्मको थप एक्सचेञ्ज लोयल्टी प्राप्त गर्न सक्नेछन्।

बृहत आकर्षक उपहार सहित टाटा एच५ किन्न इच्छुकहरुलाई लक्षित गरिएको यस योजनामा सहभागी भएर मौकाको फाइदा उठाउन टाटा मोटर्सले आमन्त्रण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .