ad ad

कारोबार


सीमा भन्सार कार्यालयमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरको निरन्तरता

सीमा भन्सार कार्यालयमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरको निरन्तरता

नेपालखबर
मंसिर १७, २०७७ बुधबार १५:२५,

नेपाल भारत सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयहरु थप समयसम्म सञ्चालनमा रहने बैंकले जनाएको छ।

सो सम्बन्धी नविकरण सम्झौतामा भन्सार विभागका तर्फबाट महानिर्देशक सुमन दाहाल र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले आज हस्ताक्षर गरेका छन्।

भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौली भन्सार कार्यालय कपिलवस्तु र सति भन्सार कार्यालय कैलालीमा सरकारी राजश्व-भन्सार संकलनका लागि सञ्चालनमा रहेका प्रभु बैंक लि. का एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने भएका छन्।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा रहेका प्रभु बैंक लि. का एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजश्व संकलनको आकाडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंक लि. को गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुनेछन्।

यसका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा छिटो छरितो हुन गई सहजीकरण हुने समेत बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .