ad ad

अटो


जनवरी १ देखि टाटा मोटर्सका गाडीको मूल्य बढ्ने, कुन मोडलको कति बढ्ला?

जनवरी १ देखि टाटा मोटर्सका गाडीको मूल्य बढ्ने, कुन मोडलको कति बढ्ला?

नेपालखबर
पुस ७, २०७७ मंगलबार १७:३१,

मारुती सुजुकी इन्डिया, हिरो मोटोकर्प, रेनो र होन्डा कार्स इन्डियापछि अब टाटा मोटर्सले पनि जनवरी १ देखि आफ्ना सवारीसाधनको मूल्य बढाउने घोषणा गरेको छ ।

कम्पनीले सोमबार विज्ञप्ति जारी गर्दै सवारीसाधनको मूल्यवृद्धि गर्ने जानकारी दिएको हो ।

कम्पनीका अनुसार सबै कमर्सियल भेहिकल्सको मूल्य जनवरी १ देखि नै वृद्धि हुनेछ । मटेरियल र अन्य इन्पुट कस्ट (खर्च)मा भएको बढोत्तरी, फोरेक्सको प्रभाव र बीएस६ मापदण्डअनुसार सवारीसाधन बनाउँदा लागत बढेको छ ।

अहिलेसम्म अतिरिक्त खर्च कम्पनी आफैँलै वहन गर्दै आएको थियो तर यसमा लगातार वृद्धि भएको भन्दै केही हिस्सा उपभोक्तामा पनि पार्न आवश्यक भएकोले मूल्य वृद्धिको घोषणा गरिएको कम्पनीले जनाएको छ ।

एमएण्डएचसीभी, आईएण्डएलसीभी, एससीभी र बसहरु सबैको मूल्य बढ्ने अपेक्षा गरिएको छ । कम्पनी आफैँले पनि सवारीसाधनको मोडल, भेरिएन्ट र फ्युल टाइपअनुसार कति बढ्नेछ भन्ने टुंगो लाग्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .