अमेरिकाको वासिङटन राज्यको एक व्यस्त हाइवेमा एउटा विमानले सफल आकस्मिक अवतरण गरेको छ। एजेन्सीहरुका अनुसार उक्त विमानको इन्जिनमा समस्या भएपछि व्यस्त सडकमै अवतरण गरिएको थियो।
विमान अवतरण गरिरहेको दृश्य एक कार चालकले भिडियोमा कैद गरेका थिए। ड्यासक्यामबाट खिचिएको भिडियोमा सानो आकारको विमान एयरपोर्टमा झैँ उड्दै आएर कुनै दुर्घटनाविनै अवतरण भएको देख्न सकिन्छ। यो बिहीबारको घटना हो। वासिङटनको सिटलस्थित दक्षिणतर्फको प्यासिफिक एभेन्यु साउथमा विमान अवतरण गरेको बताइएको छ। केआर२ सिंगल प्रोपेलर विमान सफल अवतरण गरेपछि ती पाइलटको प्रशंसा भएको छ।
उक्त घटनामा कोही पनि घाइते भएनन्। यसको भिडियो भने वासिङटन स्टेट ट्रुपर क्लाइन्ट थोम्पसनले बनाएका हुन्। विमान सडकमा आइरहेको देखेपछि उनले आफ्नो कार घुमाएर विमानको पछि पछि लगेका थिए। विमान पाइलट डेभिड अक्लामले उडाएका थिए।
समाचारमा जनाइएअनुसार इन्जिनमा समस्या देखिएपछि विमानमा इन्धन सकिनै लागेको थियो।
भिडियाे हेर्नुहाेस् ः (स्राेतः एपी)
प्रतिक्रिया