ad ad

अटो


दसैंमा टाटा मोटर्स खरिद गर्ने ग्राहकले पाए यस्ता उपहार

दसैंमा टाटा मोटर्स खरिद गर्ने ग्राहकले पाए यस्ता उपहार

नेपालखबर
पुस १४, २०७७ मंगलबार १२:२९,

टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिद्वारा चाडपर्व लक्षित ‘यो दसैं, तिहारमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर’ नामक ग्राहक उपहार योजना अन्तर्गतको बम्पर लक्की ड्र कार्यक्रम सार्वजनिक भएको छ।

प्रतिकुल परिस्थितिका कारण डिजिटल प्रबिधिको माध्यमबाट फेसबुक लाइव मार्फत बम्पर लक्की ड्र कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ।

देशैभरबाट एक हजार तीन सय भन्दा बढी सहभागीहरु मध्ये भाग्यशाली ३४ जना ग्राहकहरुलाई बम्पर उपहार अन्तर्गतको विभिन्न आकर्षक उपहारहरु प्रदान गरिएको छ।

३४ जना भाग्यशाली ग्राहकहरु मध्ये काठमाडौं र पोखराबाट १२ जना, बुटवलबाट ५ जना, हेटौंडाबाट ६ जना, इटहरीबाट ५ जना र नेपालगञ्जबाट ६ जना विजेता छानिएको थियो।

भाग्यशाली ग्राहकहरु मध्ये एल. जि. ३१० लि.को डबल डोर रेफ्रिजेरेटर ६ जनाले, एल.जि. ८ के.जी फ्रन्ट लोड वासिङ्ग मेसिन ६ जनाले, सोनी ५५” ईन्टरनेट टीभी ६ जनाले, सामसुङ नोट ट्वान्टी ७ जनाले र सामसुङ ट्यावलेट ९ जनाले जितेका छन्।

1.png

कार्यक्रमलाई फेसबुक लाइव मार्फत विशेष सम्बोधन गर्दै सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठले ग्राहकहरुको अपार माया अनि उत्साहजनक सहभागिताले योजना सफल भएको बताए। सम्पूर्ण विजेता ग्राहकहरुलाई हार्दिक बधाई एवं सबै सहभागीहरुलाई विशेष धन्यवाद दिँदै नेपालको बाटो घाटो अनि माटो सुहाउँदो टाटा गाडीले व्यापार, व्यवसाय बिस्तारमा सबै नेपालीको लागि महत्वपूर्ण भुूमका खेल्न सकोस् भनेर कामना गरे। देशभरी नै बृहत शाखा सञ्जाल भएको टाटा मोटर्स्ले सर्भिसमा दिँदै आएको गुणस्तरीय सेवा, सुबिधालाई अझै उत्कृष्ट एवं विस्तारित गर्दै लैजाने उनले बताए।

कम्पनीले आगामी दिनहरूमा ग्राहक लक्षित योजनाहरुलाई निरन्तरता दिइरहने प्रतिबद्धता जाहेर गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .