ad ad

कारोबार


माछापुच्छ्रे बैंकका थप ६ शाखारहित बैंकिङ सेवा सञ्चालन

माछापुच्छ्रे बैंकका थप ६ शाखारहित बैंकिङ सेवा सञ्चालन

नेपालखबर
पुस १४, २०७७ मंगलबार १२:१५,

माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका–३, बालकोट, सिराहा जिल्लाको नरहा गाउँपालिका–३, नरहा, महोत्तरी जिल्लाको एकडारा–०५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड –११, रातापानी, झापा जिल्लाको शिवसताक्षी –१०, माईधारा, झापा जिल्लाकै कन्काई–०९, घौलाडुब्बामा थप ६ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।

बैकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ सेवा थप भएसँगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैंकिङ सेवा १४८ पुगेको छ। ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित ती शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आएको छ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु लगायत १४८ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा ३०८ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गर्नुका साथै, देशभर १९८ वटा एटीएमहरु मार्फत सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .