नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०२१ को अवसरमा जनवरी फेस्ट कार्यक्रमकोे आयोजना गर्न लागेको छ।
उक्त कार्यक्रम यही पुष २४ देखि २६ गतेसम्म (८,९र१० जनवरी, २०२१) सम्म थापाथली स्थित टाटा मोटर्सको सोरुममा आयोजना गर्न लागेको हो।
ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिनेछ।
साथै उक्त कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्यांकन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर र बिबिध मनोरञ्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन्।
यस विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा आएर नयाँ गाडी खरिद गरी भरपुर फाईदा उठाउन कम्पनीले अनुरोध गरेको छ।
प्रतिक्रिया