ग्रेटवाल मोटर्सको आधिकारीक डिलरमा विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्स प्रालि नियुक्त भएको छ।
ग्रेटवाल मोटर्सले विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्स प्रालि नेपालको आधिकारीक वितरक नियुक्त भएको जानकारी दिएको हो।
डिसेम्बर ३१ तारिखमा ग्रेटवााल मोटर्स र भिजी इम्पेक्स बीच आधिकारीक सम्झौता भएको आफ्नो कम्पनीले उल्लेख गरेको छ।
दुई कम्पनीबीचको सम्झौतामा ग्रेटवाल मोटर्सका तर्फबाट नायब महाप्रवन्धक टोनी सन र विशाल ग्रुपका तर्फबाट कार्यकारी निर्देशक निकुञ्ज अग्रवालले हस्ताक्षर गरेको कम्पनीले उल्लेख गरेको छ।
कम्पनीले ग्रेटवाल र टभल्स ब्राण्डका गाडी आयात गरि नेपाली बजारमा विक्री वितरण गर्ने छ। साथै संसारकै सस्तो कार भनेर चिनिने ओराआर१ इलेक्ट्रीक कार पनि कम्पनीले नेपाल ल्याउने छ।
विशाल ग्रुप अन्तर्गतका विभिन्न कम्पनीहरुले सुजुकी मोटरसाइकल, फक्सवागनका कार, रेनो, एमजी, माज्दा ब्राण्डका कारहरु सवारी सधान विक्री गर्दै आएका छन्।
प्रतिक्रिया