ad ad

अटो


माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्गबीच टाटा गाडी खरिदमा कर्जा दिने सम्झौता

माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्गबीच टाटा गाडी खरिदमा कर्जा दिने सम्झौता

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ६:३०,

माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालिका ग्राहकहरुले टाटा ब्रान्डका कमर्सियल र सेमि कमर्सियल खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्ग प्रालिको तर्फबाट अध्यक्ष राजन बाबु श्रेष्ठ तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरुमार्फत सिप्रदी ट्रेडिङका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कमर्सियल र सेमि कमर्सियल खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ।

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंक लि. पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउन्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजारभन्दा बढी पीओएसमार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .