ad ad

अटो


टाटाको कमर्सियल भेहिकल इन्ट्रा भी २० नेपालमा सार्वजनिक

टाटाको कमर्सियल भेहिकल इन्ट्रा भी २० नेपालमा सार्वजनिक

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ८:४५,

टाटाको कमर्सियल भेहिकल इन्ट्रा भी २० नेपालमा सार्वजनिक भएको छ।

टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ जेनेरेसनको इन्ट्रा भी २० शुक्रबार लञ्च गरेको हो।

भारतीय टाटा कम्पनीले इन्ट्रा भी २० को नयाँ जेनेरेसन भारतबाहिर पहिलो नेपालमा सार्वजनिक गरेको बताएको छ। कमर्सियल सेगमेन्टमा टाटाले नेपालमा लाइट कमर्सियल, मिडल र हेभी कमर्सियल भेहिकल बिक्री गर्दै आएको छ।

प्रिमियम टफ डिजाइनमा निर्माण इन्ट्रा भी २० मा कमर्सियल भेहिकल भए पनि कारको जस्तै सिट रहेको बताएको छ। कम्प्याक्ट मिनीट्रकको ग्राउन्ड किलियरेन्स १७० एमएम भएकाले सामग्री ढुवानीमा धेरै सहज हुने कम्पनीले बताएको छ।

पावरप्याक प्रर्फमेन्समा ४ सिलिन्डर ७० हर्स पावर १४० एनएम टर्क जेनेरेट गर्छ । अधिकतम गति ८० किमी प्रतिघण्टा रहेको छ ।

५ गियरवक्स रहेको गाडीमा घुम्ती सडकमा पनि गाडी गुडाउन गाडी छिटो निबिग्रीयोस् भनेर रिजिड लिफ स्पिङ सस्पेन्सन रहेको छ ।

उक्त गाडीले ११ सय किलो सामग्री बोक्नसक्ने क्षमता रहेको छ । साघुँरोबाटोमा कुदाउँनको लागि ४.७५ सर्कर रेडिकुलस र उकालो बाटोको ४५ प्रतिशत ग्राडाबिलिटी रहेको छ ।

आरामदायी क्याबिन भएको गाडीमा ८.२ फिट लम्बाइ र ५.३ फिट चौडाइमा सामान बोक्न सकिन्छ। यस गाडीको मेन्टिनेन्स खर्च एकदमै कम भएको कम्पनीले बताएको छ।

इन्ट्रा भी २० को सुरुवाती मूल्य १९ लाख ७५ हजारमै खरिद गर्न सकिनेछ। ३५ लिटर फिउल ट्यांक रहेको छ। गाडीको कुल लम्बाइ ४२८२ एमएम र चौडाइ १६३९ एमएम रहेको छ। गाडीको उचाइ १९१८ एमएम रहेको छ।

नयाँ गाडीमा हेडल्याम्प राम्रो हुँदा रातिको समयमा गाडी गुडाउन कुनै समस्या नपर्ने कम्पनीको भनाइ छ। केही समयअघि नै नेपाली सडकमा ल्याएर टेस्ट गरेको गाडीमा गियर अगाडि भएकोले सहज भएको चालकले बताउने गरेका छन्।

प्यासेन्जर भेहिकलमा जस्तै मिनी पिकअपको इन्जिनमा कुनै आवाज नआउने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .