ad ad

अटो


नेपालमा टाटाले बेच्यो १ लाख बढी सवारीसाधन

नेपालमा टाटाले बेच्यो १ लाख बढी सवारीसाधन

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ८:४८,

सिप्रदी ट्रेडिङले टाटाका नेपालमा १ लाख १० हजारभन्दा बढी गाडी बिक्री गरिसकेको जानकारी दिएको छ। हाल कम्पनीले ८ सयभन्दा बढीलाई रोजगारी दिएको छ।

कोभिड १९को कारण लकडाउन अवधिमा व्यापार शून्यमा घटेको कम्पनीले जानकारी दिएको छ। लकडाउन हटेसँगै व्यापारमा चलायमान बनेको र पछिल्लो दुई महिनामा व्यापार राम्रो भएको कम्पनीले जनाएको छ।

सिप्रदीले नेपालभर २९ वटा सेल्स नेटवर्क र ५३ वटा सर्भिस नेटर्वक स्थापनागरी २४ घण्टा नै सेवा दिएको बताएको छ ।

‘टाटाको स्पेयरपार्टस् देखी सर्भिस पाउन नेपालको कुनैपनि ठाउँमा समस्या छैन । टाटाले मोवाइल वर्कसपको समेत व्यवस्था गरेको छ’, सिप्रदी टे«डिङ प्रालिका सिईओ राजनबाबु श्रेष्ठले भने, ‘सिप्रदीले नयाँ प्रविधिको विषयमा प्राविधिकलाई टे«निङ समेत दिने गरेको छ।’

सिप्रदीले नयाँ प्रविधिको विषयमा जानकारी गराउन काठमाडौंमा टे«निङ सेन्टर स्थापना गरेको छ। वार्षिक १५ सय जनालाई विभिन्न गाडीमा प्रयोग भएको प्रविधिको तालिम दिएको श्रेष्ठ बताउँछन्।

नेपालीलाई स्वरोजगार बनाउनको लागि टाटाले विभिन्न बैंकसंग सहकार्य गरिरहेको बताएको छ। ‘ग्राहकलाई जुन वाणिज्य बैंक वा विकास बैंकबाट ऋण लिएर गाडी खरिद गर्न चाहनुहुन्छ। हामी सहयोग गर्छौँ’, सीईओ श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .