ad ad

अटो


टाटा मोटर्सद्वारा नयाँ कम्प्याक्ट ट्रक ‘इन्ट्रा भी२०’ नेपालमा बिक्री आरम्भ, मूल्य कति?

टाटा मोटर्सद्वारा नयाँ कम्प्याक्ट ट्रक ‘इन्ट्रा भी२०’ नेपालमा बिक्री आरम्भ, मूल्य कति?

नेपालखबर
पुस २६, २०७७ आइतबार ९:८,

विश्वको एक अग्रणी अटोमोटिभ निर्माता कम्पनी टाटा मोटर्सले नेपालको लागि कम्पनीको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. मार्फत् नवीनतम् स्मार्ट कम्प्याक्ट ट्रक टाटा इन्ट्रा भी२० को नेपालमा बिक्री शुभारम्भ गरेको छ।

टाटा मोटर्सको प्रिमियम टफ डिजाइन सिद्धान्तमा बनेको यो ट्रकले सुरक्षित र आरामदायी यात्रा अनुभवका साथै शक्तिशाली कार्यक्षमता र उत्पादकत्व वृद्धि गर्दछ। टाटा इन्ट्राको सुरु मुल्य रु.१९ लाख ७५ हजार कायम गरिएको छ। यो कम्प्याक्ट ट्रकलाई नेपालभर छरिएर रहेका सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का सेल्स, सर्भिस र स्पेयर पार्टस्को बृहत्तर सञ्जालले पूर्ण साथ, सहयोग र सम्भार गर्नेछन्।

यसको आधुनिक डिजाइनका साथ बनेको क्याबिनभित्र ओहोर दोहोर गर्न सजिलो हुने थप ठाऊँ रहेको छ, सुबिधा सम्पन्न आरामदायी सिटहरु र आधुनिक डिजिटल क्लस्टर पनि रहेको छ। यसका साथै ड्यास बोर्डमा माउन्ट भएको गियर लिभरले लामो समयको यात्रामा पनि सजिलो एंव थकानमुक्त महसुस गराउँछ। यसको भरपर्दाे एवम् विश्वसनीय इन्जिन, गियर बक्स, क्राउन र च्यासिसको सम्योजनले समस्टिमा न्युन मर्मत खर्च गराउँछ र यो जस्तै गाडीहरुको श्रेणीमा यसलाई उत्कृप्ट रोजाईको गाडी बनाउँछ।

ठूलो लोड बडी, ११०० केजी को अधिकतम् भार बहन क्षमता, सर्वोत्कृष्ट माइलेज र मजबुत इन्जिन, गियर बक्स, क्राउन र च्यासिस भएको यो कम्प्याक्ट ट्रक, न्यून सञ्चालन खर्चमा सवारी धनीलाई अधिकतम मुनाफा हुने गरी निर्माण गरिएको छ। यसमा अति साँघुरो गल्लीमा पनि सजिलै मोड्न मिल्ने मात्र ४.७५ मिटरको टर्निङ्ग सर्कल रेडियस छ। यसमा भएको केवल सिफ्ट मेकानिज्म र ५–स्पीड गीयर बक्सले सहज एवं भन्झटमुक्त यात्रा सुनिश्चित् गर्दछ।

टाटा इन्ट्रा भी२० मा १.४ लिटर क्षमताको डिजल इन्जिन रहेको छ , जसले ७० बिएचपी र १४० एनएमको टर्क पैदा गर्छ र उच्चतम इन्धन बचत गर्न सहयोग पुर्याउन गीयर सिफ्ट एडभाइजरको पनि व्यवस्था छ।

टाटा इन्ट्रामा अधिकतम ग्राउण्ड क्लीयरेन्स र ४५ प्रतिशतको गे्रडेबिलिटि हुनाले नेपालको विद्यमान अवस्थाका सडकहरुको लागि अत्यन्त उपयुक्त गाडी हो

विभिन्न विशेषताहरुले भरपूर टाटा इन्ट्राको निर्माण, मजबुत बडी र क्याबिन सहित हाइड्रो–फम्र्ड च्यासिस फ्रेममा सुरक्षित तवरले गरिएको छ, जसले संरचनागत शक्ति, टिकाऊपना बढ्ने कुरा सुनिश्चित् गर्दछ र न्यून एनभीएच तहहरु उपलब्ध गराउँछ।

बिक्री शुभारम्भ समारोहलाई सम्बोधन गर्दै इन्टरनेशनल बिजनेस, कमर्सियल भेहिकल्स बिजनेस युनिट, टाटामोटर्स लि.का उपाध्यक्ष रुद्ररुप मैत्राले भने, ‘टाटा मोटर्सका विविध र मजबुत दायराका व्यवसायिक गाडीहरु नेपाली ग्राहकहरुले अत्यधिक रुचाएर स्वीकार्नु भएको छ र हामी निरन्तर नयाँ नयाँ मोडलहरु र नवीन प्रकृतिका गाडीहरु पेश गर्न प्रयासरत छौं। टाटा इन्ट्रा ती ग्राहकहरुका लागि एक आदर्श उत्पादन हुनेछ जो सक्षमता प्रमाणित गरेको, भरपर्दो संयन्त्रहरु रहेको तथा धेरै समयसम्म गाडी चलाउँदा पनि थकान नहुने आरामदायी यात्रा महसुस हुने आकांक्षा राखेर उच्चतम व्यवसायिक प्रतिफल एवं न्यूनतम कूल लागत स्वामित्व भएको गाडीका लागि स्तरोन्नति गर्न इच्छुक छन्। टाटा इन्ट्रा भि २० को बिक्री शुभारम्भसँगै हामीले साना व्यवसायिक गाडीहरुको क्षेत्रमा आफ्नै किसिमको शक्तिशाली र लचिलो मोडललाई अगाडी ल्याउन सकेका छौं। यो अधिकतम प्रतिफल दिने, न्यूनतम मर्मत खर्च लाग्ने तथा आधुनिक एवं सुविधा सम्पन्न क्याबिन चाहने ग्राहकहरुका लागि उपयुक्त छ। केही दशकदेखि हाम्रा सबै मोडलहरुलाई नेपालमा विस्तार गर्दै आएको सिप्रदी ट्रेडिङ्ग लि.ले विगतमा झैं यो नयाँ टाटा इन्ट्राको पनि सेल्स र सर्भिसलाई निरन्तरता दिने कुरामा हामी उत्साहका साथ विश्वस्त छौं। साथै हामी टाटा इन्ट्रा भि २० ले नेपालमा यसका धनीहरुलाई उत्कृष्ट श्रेणीको अनुभव प्रदान गर्दै, अत्यधिक कुशल एवं विश्वासिलो उत्पादन, जसले अत्युत्तम ग्राहक सन्तुष्टि सुनिश्चित गर्दछ, त्यस्तो उत्पादन उपलब्ध गराउने टाटा मोटर्सको विरासत कायम गर्नेछ भन्ने विश्वास गर्दछौं।’

सोही समारोहमा आभार प्रकट गर्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले भने, ‘नेपालको एक प्रतिष्ठित ब्राण्डको हैसियतले हाम्रो प्राथमिकता सधैँनै विश्वस्तरीय उत्पादनहरु उपलब्ध गराउने र उत्कृष्ट स्तरको ग्राहक सेवा प्रदान गर्नेमा रहँदै आएको छ। टाटा मोटर्ससँगको हाम्रो सहकार्यले बितेका केही दशकमा बजारमा सर्वश्रेष्ठ सवारी साधनहरु सफलतापूर्वक उपलब्ध गराउन हामीलाई सक्षम बनाउँदै आएको छ। टाटा इन्ट्रा भि२० को यो बिक्री शुभारम्भसँगै ग्राहकहरुलाई उत्कृष्ट कार्यक्षमता, किफायती र उच्चतम प्रभावकारीता दिने गाडीहरु उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई हामीले निरन्तरता दिएका छौं। टाटा इन्ट्रा भि२० विज्ञहरुद्वारा तयार पारिएको कम्प्याक्ट ट्रक हो, जसको नेपाली बजारमा अत्यन्त सम्भावना रहेको छ र हामीलाई विश्वास छ नेपाली ग्राहकहरुले यो गाडीलाई अत्यन्त रुचाउनु हुनेछ।’

याे पनि : टाटाको कमर्सियल भेहिकल इन्ट्रा भी २० नेपालमा सार्वजनिक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .