ad ad

अटो


बजाज डोमिनार २५० अब नेपालमा

बजाज डोमिनार २५० अब नेपालमा

नेपालखबर
पुस २६, २०७७ आइतबार १५:१३,

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि., बजाज मोटरसाइकलको आधिकारिक विक्रेताद्वारा नयाँ बजाज डोमिनार २५० नेपाली बजारमा सार्वजनिक गरिएको छ।

बाइकको मूल्य रु चार लाख ८९ हजार नौसय रुपैयाँ रहेको कम्पनीले जनाएको छ। क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध रहेको नयाँ बजाज डोमिनार २५० मा पहिलेको पावरफुल र लोकप्रिय स्पोर्टस मोटरसाइकल, बजाज डोमिनार ४०० मा रहेको थुप्रै विशेषताहरु राखिएको छ।

यसको रोबष्ट क्लेमलाई सपोर्ट गर्नको लागि बजाज डोमिनार २५० मा २४८.७७ सीसी एफआइ इञ्जिनको पावर छ, जसले द्दठएक् र द्दघ।छल्m को पिक टक्र्यू जेनेरेट गर्छ। यसका साथै यसमा एकल–सिलेन्डर, लिक्यूड–कुल्ड, ट्यूनस्पार्क, ४–स्ट्रोक, ४–भ्याल्भ र डीओसीएच छ। डोमिनार २५० मा १३२ किमि प्रति घण्टासम्मको स्पीड छ भने यो १०.५ सेकेण्डमा ०–१०० किमि प्रति घण्टाको स्पीडसम्म कुद्न सक्छ।

For-PR.JPG

यसको मोजेक आकारको डिजाइनको साथ रहेको फूल एलईडी हेडल्याम्प र एएचओ (अटोम्याटिक हेडल्याम्प अन) प्रविधिले गर्दा यो बाइक सडकमा गुड्दा सबैको आँखा यसैमा हुन्छ। स्पेसक्राफ्टबाट प्रेरित ट्यांक प्याड डिकेल्स र ट्वीन–ब्यार्रेल एकजष्ट साँच्चै नै प्रभावकारी छ। चालकको आरामको लागि यस २०२० बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको छ। यसको सेकेण्डरी डिस्प्लेलाई ट्रिपको टाइम र जानकारी प्रदान गर्ने हिसाबले तयार पारिएको छ।

यसमा चालकको सुरक्षाको लागि लामो दूरीको यात्राको दौरान गेयरलाई सुरक्षित राख्ने काम सिटको मुनि बन्जी स्ट्राप्सले गर्दछ। यस बाइकमा सस्पेन्सन ड्यूटीको लागि टेलिस्कोपिक ३७ एमएम यूएसडी फ्रन्ट फोर्कको साथ १३५ एमएम ट्राभल र पछाडिको ११० एमएम व्हील स्ट्रोकमा रहेको मल्टी–स्टेप एड्जस्टेबल मोनो–शक छ। यसमा १७ इन्चको ट्यूवलेस टायर्स छ। यसमा अगाडि ३०० एमएम डिस्क छ भने पछाडि २३० एमएम डिस्क छ। नयाँ बजाज डोमिनार २५० डुअल–च्यानल एबीएसमा पनि उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .