ad ad

अटो


भारतीय बजारमा मारुती सुजुकीको हिस्सा ४८ प्रतिशत, दुईपांग्रेमा हिरोले बेच्यो धेरै मोटरसाइकल

भारतीय बजारमा मारुती सुजुकीको हिस्सा ४८ प्रतिशत, दुईपांग्रेमा हिरोले बेच्यो धेरै मोटरसाइकल

नेपालखबर
पुस २७, २०७७ सोमबार ९:२२,

प्यासेन्जर भेहिकलमा डिसेम्बर महिनामा मारुती सुजुकी एक्लैले भारतीय बजारमा ४८ प्रतिशत बजार हिस्सा ओगटेको छ। दोस्रो नम्बरमा १७ प्रतिशत बजार हिस्सा हुन्डाईको छ।

फेडेरेसन अफ अटोमोबाइल डिलर एसोसिएसन इन्डिया (फाडा)का अनुसार मारुती सुजुकीले १ लाख ३० हजार ७ सय युनिट प्यासेन्जर भेहिकल एकै महिनामा बिक्री गरेको छ। गत वर्षको डिसेम्बर महिनामा १ लाख ८ सय सवारी साधनमात्रै बिक्री गरेको थियो।

दोस्रो नम्बरमा रहेको हुन्डाईले ४६ हजार ३ सय प्यासेन्जर भेहिकल बिक्री गरेको छ। गत वर्षको तुलनामा १७ प्रतिशतले बिक्री गरेको हो।

तेस्रो नम्बरमा टाटा मोटर्स रहेको छ। जसले डिसेम्बर महिनामा मात्रै १९ हजार ६ सय सवारी साधन बिक्री गरेको छ। गत वर्षको डिसेम्बरमा ११ हजार मात्रै प्यासेन्जर भेहिकल बिक्री गरेको थियो।

किया मोटर्स चौथो नम्बरमा रहेको छ। जसले १७ हजार ९ सय प्यासेन्जर भेहिकल विक्री गरेको छ । गतवर्ष १० हजार ३ सय मात्रै विक्री गरेको छ।

पाँचौँमा महिन्द्रा एण्ड महिन्द्रा रहेको छ। डिसेम्बर महिनामा भारतीय बजारमा ५ प्रतिशत बजार हिस्सा भएको कम्पनीले १५ हजार ७ सय प्यासेन्जर भेहिकल बिक्री गरेको छ।

त्यसैगरी होन्डाकार ९ हजार ४ सय, रेनो ९ हजार, टोयोटा ७ हजार ५ सय, फोर्ड इन्डिया ४ हजार, एमजी मोटर्स ३ हजार र स्कोडा २ हजार १ सय प्यासेन्जर भेहिकल बिक्री गरेको छ।

मर्सिडिज बेन्च, निसान मोटर्स, बीएमडब्लु, फियाट कम्पनीले हजार सवारी पनि विक्री गर्न सकेका छैनन्।

फाडाले गत वर्षको डिसेम्बरको तुलनामा प्यासेन्जर भेहिकलमा २४ प्रतिशतले बिक्री बढेको तथ्यांक सार्वजनिक गरेको छ। ट्याक्टरको ३५.४९ प्रतिशतले बढेको छ। कमर्सिलय भेहिकलको १३.५२ प्रतिशत र तीनपांग्रेको ५२.७५ प्रतिशतले व्यापार घटेको उल्लेख गरेको छ।

दुईपांग्रेमा हिरोले सर्वाधिक मोटरसाइकल तथा स्कुटर बिक्री गर्‍यो
फाडाले हालै सार्वजनिक गरेको तथ्यांकले हिरो मोटोकपले सबैभन्दा बढी ५ लाख ५९ हजार दुईपांग्रे सवारी साधन बिक्री गरेको छ। हिरोको मार्केट सेयर ३९.२५ प्रतिशत रहेको छ । दोस्रो नम्बरमा होन्डा कम्पनी रहेको छ । जसले ३ लाख ४९ हजार स्कुटर तथा मोटरसाइकल विक्री गरेको छ।

तेस्रो नम्बरमा रहेको टिभिएसले २ लाख ४ हजार विक्री गरेको छ भने बजाजले १ लाख ६० हजार दुईपांग्रे सवारीसाधन बिक्री गरेको छ।

पाँचौँ नम्बरमा रहेको रोयल इन्फिल्ड ५१ हजार मोटरसाइकल बिक्री गरेको छ भने सुजुकीले ४४ हजार विक्री गरेको छ।

यामाहाले ४२ हजार, पियागो ३ हजार, क्लासिक लेजेन्ड २ हजार मोटरसाइकल बिक्री गरेको फाडले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .