ad ad

अटो


हिमालयन बैंकले सिप्रदी ट्रेडिङका ग्राहकलाई सहुलियत कर्जा प्रदान गर्ने

हिमालयन बैंकले सिप्रदी ट्रेडिङका ग्राहकलाई सहुलियत कर्जा प्रदान गर्ने

नेपालखबर
पुस २९, २०७७ बुधबार ९:९,

सिप्रदी ट्रेडिङ प्रालिका ग्राहकहरुलाई टाटा मोटर्सका कमर्शियल र प्यासेन्जर गाडीको खरिदमा हिमालयन बैंक लिमिटेडले सहुलियतदरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा सिप्रदी ट्रेडिङ प्रालि कमर्शियल भेहिकलका तर्फबाट जेनेरल म्यानेजर अनुप मणि ढकाल तथा हिमालयन बैंकका तर्फबाट कार्यकारी अधिकृत जयेन्द्र विक्रम शाहले हस्ताक्षर गरे।

सम्झौताअनुसार हिमालयन बैंकले आफ्ना देशभरि रहेका शाखा कार्यालयहरुमार्फत सिप्रदी ट्रेडिङ प्रालिका देशभर रहेका शोरुम तथा आधिकारिक डिलरहरुबाट टाटा मोटर्सका नयाँ कमर्शियल र प्यासेन्जर गाडीहरु खरिद गर्न चाहने ग्राहकहरुलाई कमर्शियल गाडी खरिदमा ७० प्रतिशतसम्म भने प्यासेन्जर गाडी खरिदमा ८० प्रतिशतसम्म, अति न्युनतम ब्याजदरमा कर्जा प्रदान गरी सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ।

हालै मात्र टाटा मोटर्स लिमिटेडले सिप्रदी ट्रेडिङ्गसँगको सहकार्यमा टाटा इन्ट्रा भी २० गाडी नेपाली बजारमा प्रस्तुत गरेको थियो। यस सँगै सहज र सरल कर्जा सम्बन्धी यस्तो किसिमकोे सहकार्र्यले टाटाको नयाँ कमर्शियल र प्यासेन्जर गाडीका ग्राहकहरुको लागि धेरै नै लाभदायी हुने विश्वास दुवै पक्षले लिएको छ।

कार्यक्रममा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकलका प्रमुख श्री शावन्तजंग सिजापति र हिमालयन बैंकका सहायक अधिकृत कमल सिग्देल लगायत सिप्रदी र बैंकका अन्य कर्मचारीहरुको पनि सहभागिता रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .