ad ad

अटो


महिन्द्रा ट्रयाक्टर उत्सव योजनाअन्तर्गत बम्पर लक्की ड्रका विजेताको नाम घोषणा

महिन्द्रा ट्रयाक्टर उत्सव योजनाअन्तर्गत बम्पर लक्की ड्रका विजेताको नाम घोषणा

नेपालखबर
पुस २९, २०७७ बुधबार १४:८,

नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि इन्कर्पोरेटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै चाडपर्वका अवसरमा ‘महिन्द्रा उत्सव’ नारासहित विशेष योजना अघि सारेको थियो। यस योजनाअन्तर्गत, महिन्द्राले आफ्ना ग्राहकहरूलाई खेतीसम्बन्धी लाभदायक योजनाहरू उपलब्ध गराएको छ, जसले वर्तमान महामारीको स्थितिमा पनि कृषि क्षेत्रमा योगदान पुर्‍याएका छन्।

यस योजना अन्तर्गत जीवन बीमा (रु ५ लाखको दुर्घटना बीमा र १ लाख रुपैयाँको स्वास्थ्य बीमा) सहित रोटाभेटरमा ५० प्रतिशत छुट वा तीन वर्षको निःशुल्क सर्भिसिङसहितका पक्का उपहार राखिएको थियो। यसका साथै, रोमाञ्चक बम्पर पुरस्कारका रुपमा महिन्द्रा पावरोल फाइभ केभीए डीजी (डिजल जेनरेटर) ३ जना भाग्यशाली विजेताहरुलाई लक्की ड्र कार्यक्रममार्फत प्रदान गरिने व्यवस्था गरिएको थियो।

नेपालका ख्यातिप्राप्त क्रिकेटर र नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा अग्नि इंकका ब्रान्ड एम्बेसेडर पारस खड्काले योजनाको एक अंशका रूपमा मंगलबार आयोजित ‘लक्की ड्र’ कार्यक्रममार्फत ३ बम्पर पुरस्कार विजेताहरूको घोषणा गरे।

भाग्यशाली ड्र विजेताहरू थिए, योगराज राई शहिदभूमि धनकुटा, निरन्जना चौधरी र रामबहादुर कामी नेपालगञ्ज।

दशैं, तिहार, छठ र विश्वकर्मा पूजाको शुभ अवसरमा महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूका लागि ‘महिन्द्रा उत्सव’ योजना सञ्चालत गरिएको थियो। यो योजना ३० भाद्र २०७७ (१५ सेप्टेम्बर) देखि १५ मंसिर २०७७ सम्म (३० नोभेम्बर २०२०) सम्म मान्य थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .