ad ad

अटो


दुई अमेरिकी कारनिर्माता भारत आउने पक्काः बेंग्लोरमा दर्ता भयो टेस्ला, नयाँ कारसहित इन्ट्री गर्दै ट्राइटन

दुई अमेरिकी कारनिर्माता भारत आउने पक्काः बेंग्लोरमा दर्ता भयो टेस्ला, नयाँ कारसहित इन्ट्री गर्दै ट्राइटन

नेपालखबर
माघ २, २०७७ शुक्रबार ६:६,

विद्युतीय कार निर्माता अमेरिकी कम्पनीहरु टेस्ला र ट्राइटन यही वर्ष भारतीय बजारमा प्रवेश गर्ने भएका छन्।

भारतमा टेस्लाले त कम्पनी नै दर्ता गरिसकेको बीबीसीले जनाएको छ ।

टेस्ला मोटर इन्डिया एण्ड इनर्जी प्राइभेट लिमिटेड गत हप्ता बेंग्लोरस्थित कम्पनी दर्ता कार्यालयमा दर्ता भएको हो ।

टेस्लाका प्रमुख कार्यकारी मस्कले गत अक्टोबरमै ट्विट गर्दै भारत आउने बताएका थिए । भारतीय यातायातमन्त्री नितिन गडकरीले गत महिना स्थानीय मिडियासँगको कुराकानीमा टेस्लाले कार बिक्रीसँगै असेम्बल र उत्पादनको काम समेत यही वर्ष सुरु गर्ने बताएका थिए ।

यद्यपि टेस्लाको योजनाबारे स्पष्ट नभएको सरकारी अधिकारीले बताएका छन् । कर्णाटक राज्यका उद्योगमन्त्री जगदीश शेटरले टेस्ला दर्ता भए पनि यसले गर्ने कामबारे स्पष्ट नभएको टाइम्स अफ इन्डियालाई बताएका छन् ।

बेंग्लोर भारतीय प्रविधि उद्योगको केन्द्र हो । धेरैजसो भारतीय प्रविधि कम्पनीहरुले आफ्नो मुख्यालय बेंग्लोरलाई नै बनाएका छन् । यसबाहेक अन्य बहुराष्ट्रिय कम्पनीले पनि बेंग्लोरमै कार्यालय खोलेका छन् ।

कम्पनी दर्ताको कागजातअनुसार तीन जना निर्देशकको नाम खुलेको छ । त्यसमध्ये टेस्लामा वरिष्ठ कार्यकारी रहेका डेभिड फेनस्टेन एउटा नाम हो ।

INR 35 lakh Triton Model N4 to challenge Tesla Model 3 in India

नयाँ कारसहित भारत इन्ट्री गर्दै ट्राइटन
यसैबीच, अर्को अमेरिकी कम्पनी ट्राइटनले यही वर्ष भारतमा इलेक्ट्रिक सेडान एन४ कारसहित भारत प्रवेश गर्ने भएको छ। भारतीय मिडियाहरुका अनुसार ट्राइटनको यो कारमा शक्तिशाली ब्याट्री जडान छ भने यसको रेन्ज ५ सयदेखि ७ सय किमिको छ।

उसले कार बिक्रीसहित व्यावसायिक दायरा फराकिलो पार्ने बताइएको छ। त्यसको लागि भारत इलेक्ट्रोनिक्स लिमिटेड (बीईएल)सँग कुराकानी गरिरहेको छ। ट्राइटन एन४ ईभीको मूल्य ३५ लाख भारु हुने आकलन छ। यसबाहेक एन४ मोडलका अन्य भेरिएन्ट पनि भारतमा सार्वजनिक हुनेछन्। ट्राइटन एन४ कार एकपटकको चार्जमा ५२३ किमिदेखि ६९३ किमिसम्म गुड्नसक्नेछ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विद्युतीय सवारीसाधनको उत्पादन प्रवर्द्धन गर्दै देशको पेट्रोलियम निर्भरता र प्रदूषण घटाउने बताइरहँदा टेस्लाको भारत आगमन निश्चित भएको हो । तर चार्जिङ स्टेसन निर्माण र उत्पादनमा लगानीको कमीलाई यसको मुख्य समस्या मानिएको छ ।

यसबाहेक भारतीय कार उत्पादकहरुले समेत विद्युतीय कार उत्पादनमा तदारुकता देखाइरहेका छन् । भारतकै ठूलो कार उत्पादक टाटा मोटर्सले सुपथ मूल्यका विद्युतीय कार उत्पादन गर्दै छ भने महिन्द्रा र मारुतीले पनि आफ्नै भर्सनको कार यही वर्ष सार्वजनिक गर्दै छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .