ad ad

अटो


भारतमा घट्यो सबैजसो सवारीसाधनको बिक्री

भारतमा घट्यो सबैजसो सवारीसाधनको बिक्री

नेपालखबर
माघ २, २०७७ शुक्रबार ११:२७,

सन् २०१९ को तुलनामा सन् २०२० मा ५ लाख प्यासेन्जर कार बिक्री घटेको छ।

भारतमा हालै सार्वजनिक तथ्यांक अनुसार २०२० मा प्यासेन्जर भेहिकल मात्रै १७.८५ प्रतिशतले बिक्री घटेको हो।

भारतीय अटो उत्पादक समाजका अनुसार जनवरीदेखि डिसेम्बरसम्म २४ लाख ३३ हजार प्यासेन्जर गाडी बिक्री भएका हुन्।

गत वर्ष २०१९ मा २९ लाख ६२ हजार प्यासेन्जर भेहिकल बिक्री भएका थिए।

गत वर्षको पछिल्लो ३ महिनामा राम्रो बिक्री भए पनि कोभिडका कारण लामो समय बजार बन्द हुँदा त्यसको असर अटोमोवाइल क्षेत्रमा परेको हो।

समाजले सार्वजनिक गरेको तथ्यांक अनुसार दुईपांग्रे सवारीमा समेत २३ प्रतिशतले बिक्री घटेको छ। २०१९ मा १ करोड ८५ लाख ६६ हजार बाइक तथा स्कुटर बिक्री भएकोमा यो वर्ष १ करोड ४२ लाख ६८ हजार साधनमात्रै बिक्री भएका छन्।

जसमा मोटरसाइकलको बिक्री २१.२६ प्रतिशतले घटेको छ भने स्कुटरको २८ प्रतिशतले घटेको छ। ९४ लाख ५८ हजार मोटरसाइकल बिक्री हुँदा स्कुटर ४२ लाख ५ हजार मात्रै बिक्री भएका छन्।

२०२० मा सबैभन्दा बढी प्रभावित भने कमर्सियल र तीनपांग्रे सवारीमा परेको छ। जुन २०१९ को तुलनामा ४०.९० प्रतिशतले बिक्री घटेको छ। २०१९ मा ८ लाख ५४ हजार कमर्सियल भेहिकल बिक्री भएकोमा २०२० मा ५ लाख ५ हजार मात्रै बिक्री भएको छ।

तीनपांग्रे सवारी साधन २ लाख ६० हजार मात्रै बिक्री भएको छ। जवकी गत वर्ष ६ लाख ८७ हजार युनिट तीनपांग्रे बिक्री भएको छ। तीनपांग्रेको बिक्री ६२.१२ प्रतिशतले घटेको हो।

कोभिड १९को कारण भारतीय बजारमा अटो बजार २४.२९ प्रतिशतले खुम्चिएको छ।

२०१९ मा २ करोड ३० लाख ७२ हजार सवारी साधन बिक्री भएकोमा २०२० मा १ करोड ७४ लाख ६७ हजार मात्रै सवारीसाधन बिक्री भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .