ad ad

अटो


अब भारतबाट रेल चढेर नेपाल आउनेछन् हुन्डाईका कार

अब भारतबाट रेल चढेर नेपाल आउनेछन् हुन्डाईका कार

नेपालखबर
माघ ३, २०७७ शनिबार १६:३२,

भारतबाट नेपाल निर्यात हुने कारहरु हुन्डाईले रेलबाट पठाउने भएको छ।

यसबारे रेलवे आफैँले एक ट्विट गर्दै तस्बिरहरु सेयर समेत गरेको नवभारत टाइम्सले जनाएको छ। तस्बिरमा रेलवे कन्टेनरमा कार लोड भइरहेको देख्न सकिन्छ।

ट्विटमा लेखिएको छ, ‘भारतीय रेलवे ले तमिलनाडुको वालाजाबादबाट उत्तरप्रदेशको नौतनवासम्म १ सय २५ वटा कार लोड गरेको हो। यी कारहरु नेपालसम्म पु-याइनेछ ।’

किन रेलबाट कार निर्यात? २ कारण
हुन्डाईका अनुसार रेलवेबाट कार निर्यात गर्दा कम समय लाग्नेछ भने यसो गर्दा वातावरण मैत्री पनि हुनेछ। किनभने सडकबाट ट्रकमा कार पठाउनुपर्छ। यसबाट वातावरण प्रदूषण हुन्छ।

तर रेलवेको अधिकांश रेल बिजुलीबाट चल्ने छन्। यसले प्रदूषण नहुने कम्पनीले बताएको छ। हुन्डाईले रेलवेबाट कार निर्यात गर्दा करिब २० हजार २ सय ६० टन कार्बन फुटप्रिन्ट कम हुनेछ।

hundai-ivc2.jpg

धेरै कार निर्यातक हो हुन्डाई
नेपालमा हुन्डाईका धेरै कार बिक्री हुने गरेको छ। भारतमा मात्रै हुन्डाईले करिब १४ प्रतिशत कार रेलवेबाटै ट्रान्सपोर्ट गर्छ। पानीजहाजबाट बाहिरी देशमा निर्यात गर्छ। भारतबाट सबैभन्दा धेरै कार हुन्डाईले नै निर्यात गर्छ। हुन्डाईको कार भारतबाट करिब ८८ देशमा निर्यात हुने गरेको छ।

नयाँ आई२० पनि निर्यात
नयाँ आई२० हुन्डाईले केही महिनापहिले मात्रै सार्वजनिक गरेको थियो। यसको पनि निर्यात सुरु भएको कम्पनीले जनाएको छ। कम्पनीले पहिलो ब्याचमा १ सय ८० कार दक्षिण अफ्रिका, चिली र पेरुमा पठाएको छ।

हुन्डाईले सन् २००७ देखि नै भारतबाट कार निर्यात गर्दै आएकोा छ। अहिले हुन्डाई सेन्ट्रो, ग्रान्ड आई१० नियोस, एक्सेन्ट, औरा, न्यु आई२० एक्टिभ, वरना, भेन्यु र क्रेटाजस्ता मोडल निर्यात गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .