ad ad

अटो


बजाज डोमिनार २५० खरिदकर्तालाई साँचो हस्तान्तरण

बजाज डोमिनार २५० खरिदकर्तालाई साँचो हस्तान्तरण

नेपालखबर
माघ ४, २०७७ आइतबार ५:५१,

बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले एक विशेष समारोहबीच नयाँ बजाज डोमिनार २५० खरिद गर्ने ग्राहकलाई साँचो हस्तान्तरण गरेको छ।

यही माघ २ गते ज्ञानेश्वरको एटिक रेष्टुरेन्ट भएको उक्त समारोहमा गोल्छा गु्रपका निर्देशक अभिमन्यु गोल्छाले बजाज डोमिनार २५० खरिद गर्र्ने महानुभावहरुलाई साँचो, राइडिङ ब्याग र हेल्मेट रहेको गिप्mट ह्याम्पर हस्तान्तरण गरेका थिए।

साथै उक्त समारोहमा नै डोमिनार डेस्टिनेशनको पनि जानकारी दिइयो। डोमिनार डेस्टिनेशनको पहिलो इभेन्टमा सहभागी हुनका लागि बजाज डोमिनार २५० खरिद गर्न इच्छुक ग्राहकहरुले अनलाइन फर्म भरी टेकुको बजाज शोरुममा बुझाउनुपर्नेछ।

लक्की ड्रबाट छानिएका महानुभावहरुले यही माघ १० गते हुने डोमिनार डेस्टिनेसनको पहिलो इभेन्टमा सुकुटेसम्मको रोमाञ्चक फ्रि राइडमा सहभागी हुने मौका प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .