ad ad

अटो


अशोक लेलैण्डको मेघा विन्टर सर्भिस क्याम्प सुरु

अशोक लेलैण्डको मेघा विन्टर सर्भिस क्याम्प सुरु

नेपालखबर
माघ ४, २०७७ आइतबार १४:४९,

आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रा.लि.द्वारा प्रवर्द्धित अशोक लेलैण्डले ‘मेघा विन्टर सर्भिस क्याम्प’ देशैभरी आफ्ना १३ सर्भिस सेन्टरहरुमा लागू हुनेगरी आजबाट सुरु गरेको छ।

यस योजना अन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै पार्टस र लुब्रिकेन्टमा ८ प्रतिशत छुट, लेबर चार्जमा ३० प्रतिशत छुटका साथसाथै ४५ पोइन्ट फ्रि चेकअप पनि उपलब्ध हुने कम्पनीले बताएको छ। यस सर्भिस क्याम्पको दौरान ग्राहकवर्गहरुले विभिन्न आकर्षक उपहार साथै ड्राईभरहरुले सुरक्षित ड्राईभिङ्ग सम्बन्धी जानकारी पनि लिन सक्ने छन्।

यो सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, टिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागू हुने छ। यो क्याम्पीङमा ग्राहक वर्गहरुले अशोक लेलैण्डका नेपालभरि रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्ने छन् भने डिस्काउन्ट कुपन पनि प्राप्त गर्न सक्ने छन्।

सुरक्षित गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौं भन्ने नाराका साथ सुरु भएको यस योजना माघ ४ गते देखी १५ गतेसम्म मात्र लागू हुनेछ। आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ।

देशभर विभिन्न पार्टस तथा सर्भिस आउटलेटबाट ग्राहकहरुमा सेवा प्रदान गर्न सफल मात्र नभइ उक्त गाडीहरुलाई चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाई पनि प्रयाप्त मात्रामा गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .