ad ad

अटो


टाटा मोटर्सकाे स्वावलम्बी अभियान सार्वजनिक

टाटा मोटर्सकाे स्वावलम्बी अभियान सार्वजनिक

नेपालखबर
माघ ४, २०७७ आइतबार १५:१५,

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण देश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई लक्षित गरी टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक गरेको छ।

यस अभियान अन्तर्गत टाटा कमर्शियल गाडीहरुको खरिदमा बिनाधितो ६ प्रतिशत भन्दा कम ब्याजदरमा ७५ प्रतिशत सम्मको फाईनान्स सुबिधा प्राप्त गर्न सक्नेछन्। साथै व्यवसायिक परामर्शको समेत व्यवस्था मिलाईएको छ।

युवा वर्गलाई स्वदेशमा नै व्यापार व्यवसाय गर्ने वातावरण मिलाउन सहयोग पुर्याएर आत्मनिर्भर बनाउने उदेश्यका साथ यस अभियान सार्वजनिक गरिएको हो। जस अन्तर्गत कम्पनीले युवा जनशक्ति मार्फत व्यवसाय र रोजगारीको सिर्जना गरी आर्थिक सम्बृद्धी हासिल हुने विश्वास लिएको छ।

यस अभियानमा सहभागी हुन चाहने ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर विभिन्न प्रकारका गाडीहरु अवलोकन गर्न र त्यसका अनुप्रयोगहरुको जानकारी पनि लिन सक्नेछन्।

साथै घर बसी बसी आफ्नो उपयुक्त समय मिलाएर ९८०११०७६०० मा मिसकल दिएर थप जानकारी हासिल गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .