ad ad

अटो


नयाँ होण्डा सिटी नेपाली बजारमा, यस्तो छ मूल्य

नयाँ होण्डा सिटी नेपाली बजारमा, यस्तो छ मूल्य

नेपालखबर
माघ ५, २०७७ सोमबार १४:२७,

नेपालका लागि होण्डा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डा सिटीको ५ औं जेनरेसनलाई नेपाली बजारमा भित्राएको छ।

होण्डा सिटी पहिलो पटक लन्च भएदेखि यसले सेडान कारहरुको बजारमा आफ्नो पृथक पहिचान बनाएको छ। आकर्षक डिजाइन भएकोे होण्डा सिटीको यस जेनरेसनको लम्बाई र चौडाई अघिल्लो जेनरेसन भन्दा बढी रहेको छ।

होण्डा सोलिड विइङ्ग फेस डिजाइनमा आधारित यस होण्डा सिटीमा वन् टच् इलेक्ट्रिक सन्रुफ, शार्क फिन् एन्टेना, फुल एल.इ.डी. हेडल्याम्पका साथै ९ एरे इनलाइन शेल इनटिग्रेटेड एलईडी डिआरएल, एल आकार एल.इ.डी. टर्न इन्डिकेटर, जेड आकार ३डी र्‍याप एराउण्ड यूनिफर्म एलईडी साइड मार्क लाइट जस्ता अन्य धेरै विशेषताहरु रहेका छन्।

यसका साथै होण्डा सिटीले पहिलो पटक यस सेग्मेन्टमा एलेक्सा भ्वाईस सर्भिस मार्फत कार उपभोक्ताहरुलाई सामाजिक र डिजिटल संसारसँग जोड्ने छ। उत्कृष्ट माइलेज रहेको होण्डा सिटीको ७ स्पिड अटोम्याटिक ट्रान्समिसनमा तपाईंले १८.४ कि.मि. प्रति लिटर र ६ स्पिड म्यानूयल ट्रान्समिसनमा तपाईंले १७.८ कि.मि. प्रति लिटरको माइलेज प्राप्त गर्न सकिनेछ।

यसका साथै यस सेग्मेन्टमा लेन वाँच क्यामेरा भएको होण्डा सिटी पहिलो सेडान हो जसले गर्दा तपाईंले सहज पार्किङ्ग गर्न सकिनेछ। आई–एसआरएसयुक्त ६ एयर ब्याग रहेको यो कार आफ्नो सेग्मेन्टको सबै भन्दा सुरक्षित कार हो।

यहि माघ ५ गते धोबिघाट शोरुमबाट होण्डा सिटीको दुई भेरियन्टहरु होण्डा भीएक्ससिभीटी र जेड एक्सीभीटी लन्च गरिएको छ। नेपाली बजारमा होण्डा सिटी भीएक्स सीभीटीको मूल्य रु. ६५ लाख ९० हजार र होण्डा सिटी जेड एक्स सीभीटीको मूल्य रु. ६९ लाख ९० हजार तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .