ad ad

अटो


हीरो मोटोकर्पले कुल सञ्चित १० करोड उत्पादनको कोशेढुंगा पार गर्‍यो

हीरो मोटोकर्पले कुल सञ्चित १० करोड उत्पादनको कोशेढुंगा पार गर्‍यो

नेपालखबर
माघ ८, २०७७ बिहिबार १६:३१,

मोटरसाइकल र स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हीरो मोटोकर्पले आज आफ्नो कूल सञ्चित उत्पादनमा १०० मिलियन (१० करोड) इकाईको महत्वपूर्ण कोशेढुंगा पार गरेको छ।

यसै अवसरमा १०० मिलियन बाइक, एक्सट्रिम १६०आर, उत्तर भारतीय पहाडी राज्य उत्तराखण्डको हरिद्वारमा कम्पनीको निर्माण संयन्त्रबाट सार्वजनिक गरियो।

हीरो मोटोकर्पले विश्वको सबैभन्दा ठूलो टुव्हीलर निर्माताको उपाधि कायम गरेको यो लगातार २० औं वर्ष पनि हो।

हीरो मोटोकर्पको यो कोशेढुंगाको उपलब्धी, कूल सञ्चित १० करोड (१०० मिलियन)को उत्पादनको लक्ष्य हासिल भएको तीव्र विश्वव्यापी उपलब्धीमध्ये एक हो, जसमध्ये ५ करोड (५० मिलियन) इकाई केबल सात वर्षको अवधिमा उत्पादन भएका हुन्।

दिगो वृद्धिमा केन्द्रित रहेको हीरो मोटोकर्पले विश्वभरिका समुदायका लागि मूल्य निर्माणका साथै आफ्नोे बिक्री, अनुसन्धान र विकास (आरएन्डडी) र निर्माणको पारिस्थितिक प्रणली (ईकोसिस्टम)सँग आर्थिक गुणकको रूपमा काम गरिरहेको छ। यसले आफ्नो कार्यसञ्चालन हुने समाजको निरन्तर प्रगतिको दिशामा पनि निरन्तर काम गर्दै आएको छ।

यसै अवसर पारेर डा. पवन मुन्जालले दिल्ली राष्ट्रिय राजधानी क्षेत्र (नेसनल क्यापिटल रिजन–एनसीआर) को गुडगाउँस्थित कम्पनीको निर्माण संयन्त्रमा छ वटा नयाँ विशेष उत्सव संस्करण मोडेलहरूको अनावरण गरे। छ वटा उत्सव संस्करण मोडेलहरूमा मोटरसाइकलतर्फ स्प्लेन्डर प्लसं, एक्सट्रिम १६०आर, प्यासन प्रो, ग्लामर तथा स्कुटरहरूतर्फ डेस्टिनी १२५, मास्ट्रो एज ११० सामेल छन्, जुन २०२१ को फेब्रुअरी महिनादेखि बिक्री हुनेछ।

ग्राहक, डिलर, वितरक, लगानीकर्ता, आपूर्तिकर्ता (सप्लायर), कर्मचारी, ग्राहक र मिडियालगायत विश्व समुदायलाई सम्बोधन गर्दै डा. मुंजालले आगामी पाँच वर्षको लागि हीरो मोटोकर्पको योजना र दृष्टिकोणका रूपरेखा प्रस्तुत गरे।

यस समयावधिमा कम्पनीले आफ्नो नेतृत्वदायी स्थितिमा अझ सुदृढीकरण गर्ने, विश्वव्यापी उपस्थिति विस्तार गर्ने, रोमाञ्चक र सान्दर्भिक उत्पादनहरूको बजारमा ल्याउने गर्ने र नयाँ नवसिर्जनशील (इनोभेटिभ) उत्पादनका अवधारणाहरूमा पनि काम गर्ने लक्ष्य राखेको उनले बताए।

आगामी पञ्चवर्षीय योजनाको हिस्साका रूपमा, हीरो मोटोकर्पले हरेक वर्ष १० भन्दा बढी उत्पादनहरू– भेरियन्ट्स (नयाँ वर्ग), रिफ्रेस (पुनर्ताजा) र अपग्रेड (स्तरोन्नति) सहित ल्याउने छ।

हीरो मोटोकर्पसँग भारत बाहिरका बजारहरूका लागि सबल तीव्र वृद्धि लक्ष्य पनि छ। यसले यी बजारहरूमा यसको कार्यसञ्चालनमा वृद्धि गर्नेछ र नयाँ भौगोलिक क्षेत्रका प्रमुख बजारहरू प्रवेश गर्नेछ।

हीरो मोटोकर्पले आफ्ना हरित सुविधा र ईन्धन–कुशल (फ्युल इफिसेन्ट)उत्पादनहरूका माध्यमबाट आफ्नो कार्बन फुटप्रिन्ट निरन्तर कम गर्दै लानेछ। कम्पनीले आन्तरिक कार्यक्रमहरू र बृहत्त बाह्य ईकोसिस्टमलाई सहयोग दुवै माध्यमबाट नयाँ मोबिलिटी उपायहरूको प्रसारका दिशामा पनि कार्य जारी राख्नेछ।

१०० मिलियन (१० करोड)को यात्रा

सन् १९९५– पहिलो १० लाख

सन् २००१– पचास लाख

सन् २००४– १ करोड

सन् २००८– २ करोड ५० लाख

सन् २०१३– ५ करोड

सन् २०१७– ७ करोड ५० लाख

सन् २०२१– १० करोड

हिरो मोटोकर्पका बारेमा
भारतको नयाँ दिल्लीमा केन्द्रीय कार्यालय रहेको हीरो मोटोकर्प, एक वर्षमा एकल कम्पनीले बेचेका एकाईका आधारमा विश्वको मोटरसाइकल र स्कूटरको सबैभन्दा ठूलो निर्माता हो, यो स्थान लगातार २० वर्षदेखि कायम छ। कम्पनीले सुरुवातदेखि कुल सञ्चित १० करोड (१०० मिलियन)भन्दा अधिक मोटरसाइकल र स्कूटर बिक्री गरेको छ।

हीरो मोटोकर्पले हाल एसिया, अफ्रिका, मध्य पूर्व र दक्षिण र मध्य अमेरिकाभरि ४० भन्दा बढी देशहरूमा आफ्ना उत्पादनहरू बिक्री गर्दै आएको छ। हीरो मोटोकर्पसँग आठ अत्याधुनिक उत्पादन सुविधाहरू छन्, जसमध्ये भारतमा छ वटा र कोलम्बिया र बंगलादेशमा एक–एक वटा छन्।

हीरो मोटोकर्पसँग दुई विश्वस्तरीय, अत्याधुनिक आरएन्डी सुविधा छन्–उत्तरी भारतको राजस्थानमा सेन्टर अफ इनोभेसन एन्ड टेक्नोलोजी (सीआईटी) र जर्मनीस्थित हीरो टेक सेन्टर जर्मनी जीएमबीएच। हीरो मोटोकर्प फुटबल, फिल्ड हक्की, क्रिकेट, गल्फ र मोटर्सस्पोट्र्स सहित विभिन्न विषयका खेलकूदहरूको सबैभन्दा ठूलो कर्पोरेट प्रवर्धनकर्ता हो। पन्ध्र पटकका मुख्य उपाधि विजेता टाइगर वुड्स हीरोको ग्लोबल कर्पोरेट पार्टनर हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .