ad ad

अटो


गल्फ लुब्रिकेन्टको एड्भान्स स्किमअन्तर्गत सुबुरा इम्पेक्सले पायाे भिटारा ब्रेजा गाडी

गल्फ लुब्रिकेन्टको एड्भान्स स्किमअन्तर्गत सुबुरा इम्पेक्सले पायाे भिटारा ब्रेजा गाडी

नेपालखबर
माघ १६, २०७७ शुक्रबार ८:२४,

गल्फ लुब्रिकेन्टको लागि नेपालको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले एड्भान्स क्लब्ड स्किमअन्तर्गत बालाजुस्थित सुबुरा इम्पेक्सलाई १५ सय सीसीको भिटारा ब्रेजा गाडी प्रदान गरेको छ।

सुबुरा गल्फ लुब्रिकेन्टको आधिकारिक रिटेलर हो। यसै क्रममा सेन्टरका प्रमुखलाई गाडीको साँचो हस्तान्तण गरिएको कम्पनीले जनाएको छ। नेपाल ल्युब आयलका डेपुटी जनरल मेनेजर दिवाकर मिश्रलाई बुधबार सुबुराका प्रोपाइटर रामेश्वर घिमिरेलाई गाडी हस्तान्तरण गरेका थिए।

नेपाल ल्युब आयल लिमिटेडले निरन्तर रुपमा विभिन्न योजनाहरु प्रदान गर्दै आएको छ। यसै सिलसिलामा २०७६/०७७ तथा २०७७/२०७८ को २ वर्षको आवधिभित्र आफ्ना रिटेलरहरुले टार्गेट पूरा गरेको खण्डमा एड्भान्स क्लब्ड स्किमअन्तर्गत समावेश गर्ने गरी सम्झौता गरेको छ।

नेपाल ल्युब आयल लिमिटेडले टु ह्वीलर रिटेलर स्किम तथा जीईओ तथा डीईओ रिटेलर स्किमको लागि पनि १ वर्षे सम्झौता गरेको छ ।

त्यस्तै, कुसुम इन्टरप्राइजेज प्रालिअन्तर्गत रही काठमाडौं उपत्यकाभित्र गल्फ लुब्रिकेन्टको लागि आधिकारिक वितरकका रुपमा सुबुराले कार्य गर्दै आएकोे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .