ad ad

अटो


भारतको नयाँ बजेटमा पुराना गाडी हटाउने नीति, कार्यान्वयन भए ८५ लाख गाडी हट्ने

भारतको नयाँ बजेटमा पुराना गाडी हटाउने नीति, कार्यान्वयन भए ८५ लाख गाडी हट्ने

नेपालखबर
माघ १९, २०७७ सोमबार ११:२७,

भारतले प्रदूषण घटाउन पुराना गाडी हटाउने नीति ल्याउने भएको छ। सरकारी तथा सार्वजनिक क्षेत्रका १५ वर्ष र निजी सवारीसाधन २० वर्षमा विस्थापित गर्ने नीति ल्याउन लागिएको हो।

भारतीय अर्थमन्त्री निर्मला सीतारमनले सन् २०२१को बजेट वक्तव्यमा प्रदूषण घटाउन पुराना गाडी हटाउने नीति ल्याउन लागिएको बताइन्।

सडक यातायातमन्त्री नितिन गडकरीले ‘भेहिकल स्क्रयाब पोलिसी’ पास गरिसकेका छन्। उक्त नीतिअनुसार सरकारी तथा सार्वजनिक क्षेत्रका सबै गाडी १५ वर्षमा हटाउने उल्लेख गरिएको छ। त्यस्तै निजी गाडी २० वर्षमा हटाउने व्यवस्था प्रस्तावित छ। मन्त्री गडकरीले पास गरेको नीति २०२२ अप्रिल १ देखि लागू हुने बताइएको छ।

भारत सरकारले पुराना गाडीले अत्यधिक प्रदूषण गरेको भन्दै १५ वर्ष पुराना निजी गाडीमा ‘ग्रिन ट्याक्स’ समेत लगाउने बताएको छ। बढी प्रदूषण हुने सहरमा १५ वर्ष पुराना गाडीमा ५० प्रतिशतसम्म बढी कर लिने बताएको छ।

भारतमा उक्त नीति लागू भए २० वर्षमाथिका ५१ लाख गाडी र १५ वर्षमाथिका ३४ लाख गाडी हट्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यी गाडी हट्दा २५ प्रतिशत प्रदूषण घट्ने आकलन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .