ad ad

अटो


अशोक लेलैण्डद्वारा ‘भिकिङ २२२’ मोडलका बसहरु हस्तान्तरण

अशोक लेलैण्डद्वारा ‘भिकिङ २२२’ मोडलका बसहरु हस्तान्तरण

नेपालखबर
माघ १९, २०७७ सोमबार ११:५२,

आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.ली.द्वारा प्रवर्द्धित अशोक लेलैण्डले ‘काठमाडौंमा एक कार्यक्रम गरी ‘भिकिङ २२२’ मोडलका बसहरु आफ्ना ग्राहकहरुलाई हस्तान्तरण गरेको छ।

कम्पनीकाअनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडीका मोडलहरु २०२१ का रहेका छन्। साथै यो अवसरमा ‘भिकिङ २२२’ १०० वटा भन्दापनि बढि बाटोमा गुडिरहेको कम्पनीले जनाएको छ।

कम्पनीकाअनुसार आज डेलिभरी गरिएका २०२१ मोडलका बसहरु यस वर्ष पहिलो पटक नेपालमा गुड्ने छन्।

गाडी लिने मध्ये एक ग्राहकले भनेका छन्, ‘यो गाडी मैले पहिलो पल्ट लिएको हैन, म सँग १० ओटा विकिङ बसहरु छन् जुन अहिले पनि पूर्व पश्चिम रुटहरुमा मज्जाले चल्दै आएका छन्, ग्राहकहरुको मागअनुसार आरामदायी यात्रा साथै राम्रो कमाई हुने भएकाले मैले भिकिङ २२२लाई नै रोजे र साथीहरुलाई अरु ब्राण्डतिर नजानपनि सलाह दिन्छु।’

भिकिङ २२२ रुट बसमा चल्ने बस मध्ये सबैभन्दा रुचाएको बस हो। यसमा इनलाईन फ्युल पम्प हुनुका साथै एचसिरिज इन्जिन रहेको छ जस्ले गर्दा इन्धन कम खपत हुन्छ, साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ।

भिकिङ २२२ मा ओभर ड्राईभ गियर बक्सले काम गर्ने भएको हुँदा १८० एचपी इन्जिनको साथमा द्रुतगतिको आरामदायी यात्रा गर्न सकिन्छ। रियर एयल सस्पेन्शन, डारिरेक्ट ड्राइभ, इनलाईन फ्युलपम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडी भन्दा फरक र बिश्वासिलो रहेको सेल्स हेड सुशिल सुबेदीले बताए।

नेपालमा हरेक लामो दूरी रुटमा विकिङ गाडिहरु चल्दै आएका छन्। अत्याधिक मागअनुसार कम्पनीले ग्राहकहरुलाई बिशेष सर्भिस पनि दिँदै आएको छ। आफ्ना १३ ओटा सर्भिस नेटवर्क बाट सर्भिस लिन सकिने हुँदा कुनै पनि ठाउँमा गाडी बिग्रिएमा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .