ad ad

अटो


ताप्लेजुङका आगलागी पीडितलाई नाडाको आर्थिक सहयोग

ताप्लेजुङका आगलागी पीडितलाई नाडाको आर्थिक सहयोग

नेपालखबर
चैत १, २०७७ आइतबार ११:२३,

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले ताप्लेजुङका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय प्रतिनिधिमण्डलले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई दुई लाख एक हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

नाडाको सामाजिक उत्तरदायित्व अन्र्तगत दोभानमा भएको आगलागी पीडितहरुको लागी जिल्ला विपद व्यवस्थापन समिती ताप्लेजुङ्गलाई सो रकम हस्तान्तरण गरिएको नाडाले जनाएको छ।

ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पीडितहरुको राहतको लागि नाडाको पदाधिकारी लगायत कार्यसमिती सदस्यहरुसँग रकम संकलन गरि सो रकम हस्तान्तरण गरिएको हो।

त्यसक्रममा मन्त्री नेम्बाङले देशमा परेको आपत् विपदको समयमा पनि नाडाले देखाएको चासो र सहयोगप्रति धन्यवाद दिएका थिए। साथै नेम्वाङबाट पनि नाडाको रकममा आफ्नो व्यक्तिगत तर्फबाट थप गरि हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्धय करण कुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल र कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रती समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .