ad ad

अटो


सिप्रदीले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम सञ्चालन गर्ने

सिप्रदीले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम सञ्चालन गर्ने

नेपालखबर
चैत १०, २०७७ मंगलबार १३:३५,

सिप्रदी ट्रेडिङ प्रा लि ले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ। पाँचौ ब्याचका रुपमा सञ्चालन हुन लागेको तालिममा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ।

तालिम सिप्रदीको तालिम केन्द्र, चन्द्रागिरी, काठमाडौँमा हुनेछ भने तालिम अवधिभर तालिम भत्ताका साथै उत्कृष्ट एवं सफल प्रशिक्षार्थीहरुलाई सिप्रदीले नेपालभरि फैलिएका विभिन्न वर्कशपहरुमा रोजगारीको अवसरहरुमा प्राथमिकता दिनेछ।

उक्त कार्यक्रम अन्तर्गत १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका १० जना अटोमोबाइल विषयमा टीएसएलसी उत्तीर्ण वा १० कक्षा उत्तीर्ण गरी राष्ट्रिय सीप परिक्षण समितिबाट अटोमोबाइल विषयमा लेभल१ उत्तीर्ण गरेका इच्छुकलाई सहभागी हुन कम्पनीले आग्रह गरेको छ।

दरखास्त बुझाउन अन्तिम मिति २०७७ चैत्र १८ गतेसम्म र दरखास्त बुझाउने स्थान सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु रहेको सिप्रदीले जनाएको छ। यो निस्शुल्क तालिममा काठमाडौँ उपत्यका बाहिरका स्थानहरु नेपालगञ्ज, महेन्द्रनगर, दाङ्ग, सुर्खेत, इटहरी, विर्तामोड, हेटौडा, विरगञ्ज, त्रिशुलीका प्रशिक्षार्थीहरुलाई विशेष ग्राहयता दिइने जनाइएको छ।

विस्तृत जानकारीको लागि फोन नं ०१–४३११५०१ वा एक्सटेनसन नं १६३ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .