ad ad

अटो


जेसीबीको नयाँ मेसिन ‘साइड इन्जिन टेलिह्यान्डलर’ नेपालमा सार्वजनिक

जेसीबीको नयाँ मेसिन ‘साइड इन्जिन टेलिह्यान्डलर’ नेपालमा सार्वजनिक

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ११:१७,

नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले जेसीबीको नयाँ मेसिन ‘साइड इन्जिन टेलिह्यान्डलर’ नेपालमा सार्वजनिक गरेको छ।

नयाँ मेसिनलाई नेपाल इट्टा उद्योग महासंघका कोषाध्यक्ष कृष्ण अवाले र हिरा ब्रिक्स इन्डस्ट्रिजका प्रबन्ध निर्देशक हिराकाजी श्रेष्ठले संयुक्त रुपमा भच्र्युअल माध्यमबाट सार्वजनिक गरेका हुन्।

जेसीबी ‘साइड इन्जिन टेलिह्यान्डलर’ ७ र ११ मिटर गरी दुई भेरियन्टमा उपलब्ध छ। नयाँ मेसिनमा साइड इन्जिन, साँघुरो च्यासिस, ग्लास डोर, क्याबमुनिको फ्युल ट्यांक, ब्याट्री कम्पार्टमेन्ट, लिफ्ट यार्मजडित सिंगल बुम जस्ता फिचर छन् जसले हाइड्रोलिक साइकल टाइममा २८ प्रतिशत सुधार गर्नुका साथै उत्पादकत्वमा ३३ प्रतिशत वृद्धि गर्छ।

इन्जिनलाई साइडमा सारिएको छ जसले ध्वनीलाई काम गर्नुका साथै अपरेटरलाई सहज बनाउँछ। त्यसैगरी, हाइड्रोलिक ट्यांकलाई पछाडि सारिएको छ जसले मेसिनको सन्तुलनलाई राम्रो बनाउँछ।

JCB_2.JPG

नयाँ मेसिनमा ‘क्विक हिच्’ रहेको छ जसले बकेट परिवर्तन गर्न र एट्याचमेन्टहरु परिवर्तन गर्न सहज बनाएर मेसिनको पर्फर्मेन्समा तीव्रता ल्याउँछ। यी विशेषताहरुका कारण नयाँ जेसीबी ‘साइड इन्जिन टेलिह्यान्डलर’ले ग्राहकको अपेक्षा पुरा गर्नुका साथै नेपाली निर्माण उपकरण बजारमा गेम चेन्जर सावित हुनेछ।

नयाँ मेसिनको डिजाइन र पर्फर्मेन्स जेसीबीको ग्लोबल मापदण्डमा आधारित छ जसले मेसिन मालिक र अपरेटर दुवैलाई फाइदा दिलाउँछ। औद्योगिकरणले तीव्रता पाइरहेको नेपालमा यो मेसिनको आवश्यकता र उपयोग बढ्दै जाने अपेक्षा कम्पनीले गरेको छ। अत्याधुनिक प्रविधिमा आधारित यो मेसिनलाई जेसीबीको ‘फ्युचरिस्टिक मेसिन’ मान्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .