ad ad

कारोबार


नक्कली बिल प्रयोग गरी चार कम्पनीले छली गरे २ अर्ब १७ करोड

नक्कली बिल प्रयोग गरी चार कम्पनीले छली गरे २ अर्ब १७ करोड

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ११:१०,

राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली बिल प्रयोग गरी राजस्व छली गर्ने ४ वटा फर्मविरुद्ध २ अर्व १७ करोड विगो मागदावी गर्दै उच्च उदालत पाटनमा मुद्दा दायर गरेको छ।

विभागले ओ.एन.एस इन्टरप्राइजेजका किशोरी यादवसहित ३ जना विरुद्ध ७६ करोड ६७ लाख बिगोसहित मुद्दा दायर गरेको छ। इन्टरप्राइजेजले मुअकर तर्फ २६ करोड ५७ लाख र आयकर तर्फ ५० करोड १० लाख राजस्व चुहावट गरेको विभागले जनाएको छ।

कम्पनीले सञ्चालक किशोरी यादव, विशाल अग्रवाल र प्रोप्राइटर प्रमिला देवी यादवको मिलेमतोमा झुठ्ठा तथा नक्कली विजकको कारोबार गरिएको देखिएको छ।

किशोरी यादवकै नामबाट सञ्चालिन रेणु टे«ड इन्टरप्राइजेजविरुद्ध ५० करोड ६० लाख बिगो दाबी गर्दै मुद्दा दायार गरेको छ ।

कम्पनीले मुअकर तर्फ १७ करोड १३ लाख र आयाकर तर्फ ३३ करोड ४७ लाख राजस्व छलि गरेको छ। किशोरी यादवसहित कम्पनीमा विनय लिहला अग्रवाल, रेणु कुमारी यादव समेतको मिलेमतो रहेको विभागले उल्लेख गरेको छ।

रुपम टे«ड कन्सर्नविरुद्ध ४९ करोड १८ लाख विगो दावी गर्दै मुद्धा दायार गरेको छ । कम्पनीले मूअकरतर्फ १८ करोड २४ लाख, आयकर तर्फ २६ करोड ९६ लाख र लाभांस कर तर्फ ३ करोड ९७ लाख रुपैयाँ छली भएको विभागले बताएको छ। कम्पनीको सञ्चालक किशोरी यादव सहित फर्मको कारोबारमा संलग्न विनय लिहला अग्रवाल र फर्मका साझेदार उमेश कुमार सिंह समेतको मिलोमतोमा राजस्व छलि भएको विभागको ठहर छ।

आरजु इन्टरनेश्नलको नामबाट ४० करोड ८७ लाख रुपैयाँ राजस्व छली भएको विभागले जनाएको छ। कम्पनीले मूअकरतर्फ १३ करोृड ३० लाख, आयकर तर्फ २७ करोड ५७ लाख रुपैयाँ राजस्व छली गरेको दाबी गर्दै उच्च उदालत पाटनमा मुद्धा दायर गरेको छ।

किशोरी यादवसहित सञ्चालक विनय लिहला अग्रवाल तथा फर्मको प्रोप्राइटर मूर्तिदेवी सिंहको मिलेमत्तोमा कर छली भएको विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .