ad ad

अटो


हुन्डाईले ल्यायो नयाँ वर्ष २०७८ योजना, यस्ता छन् छुट अफर

हुन्डाईले ल्यायो नयाँ वर्ष २०७८ योजना, यस्ता छन् छुट अफर

नेपालखबर
चैत १९, २०७७ बिहिबार ५:४५,

हुन्डाईका लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौँ’ सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

यो योजनाअन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट, स्क्रयाच कार्डमार्फत २० हजारदेखि ७८ हजार रुपैयाँसम्मको अतिरिक्त छुट, १५ हजार रुपैयाँबराबरको लोयल्टी बोनस, १ लाखसम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादकमध्ये पर्दछ।

यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडाैँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .