नेपाली कांग्रेसका नेता धनराज गुरुङले संसद पुनर्स्थापना गलत थियो भन्ने कुरा प्रमाणित गर्न खोजिएको बताएका छन्।
संसदका पछिल्ला काम कारबाहीलाई लिएर नेता गुरुङले पुनर्स्थापना गलत थियो भन्ने प्रमाणित गर्न खोजिएको बताएका हुन्।
उनले यस्तो क्रियाकलापले संसदीय पद्धति नै खतरामा पर्न सक्ने भन्दै खबरदारी गरेका छन्।
‘संसदको काम कारबाहीतर्फ फर्केर हेर्दा संसद पुनर्स्थापना गलत थियो भन्ने कुरा प्रमाणित गर्न खोजिँदै छ’, बिहीबार बिहान सामाजिक सञ्जाल ट्विटरमा नेता गुरुङले लेखेका छन्, ‘खबरदार! यस्तो क्रियाकलापले संसदीय पद्धति नै खतरामा पर्न सक्छ। होस् पुर्याऔँ है।’
— Dhan Raj Gurung (@dhanrgrg) April 1, 2021संसदको काम कारबाहीतर्फ फर्केर हेर्दा संसद पुनस्थापना गलत थियो भन्ने कुरा प्रमाणित गर्न खोजीदै छ।
खवरदार! यस्तो क्रियाकलापले संसदीय पद्धति नै खतरामा पर्न सक्छ। होस् पुर्याअौं है।
सरकारले संसदलाई बिजनेस नदिएर संसदलाई प्रभावहीन बनाउन खोजिरहेको चर्चा चलिरहेका बेला नेता गुरुङले यस्तो धारणा व्यक्त गरेका हुन्।
प्रतिक्रिया