ad ad

अटो


अझै हिच्किचाउँछन् विद्युतीय कार किन्ने ग्राहक

अझै हिच्किचाउँछन् विद्युतीय कार किन्ने ग्राहक

नेपालखबर
जेठ ८, २०७८ शनिबार १६:३६,

खरिदकर्ताहरुले विद्युतीय कार किन्न अझै हिच्किचाइरहेको चर्चित कम्पनी फोर्डका मालिकले बताएका छन् ।

फोर्ड युकेकी प्रमुख लिसा ब्रान्किनले पेट्रोल र डिजेल छोडेर विद्युतीय कार किन्न ग्राहकहरु हिच्किचाइरहेको बताएकी हुन् ।

बीबीसीसँगको कुराकानीमा उनले सन् २०३० पछि पेट्रोल र डिजेल गाडीमाथि प्रतिबन्ध लगाइनुअघि विद्युतीय कार बजारलाई सरकारी साथ र सहयोग आवश्यक रहेको बताएकी हुन् ।

ऊर्जा नियामक अफजमको एक अध्ययनअनुसार सन् २०३० सम्म ६५ लाख घरपरिवारले विद्युतीय कार किन्ने योजना बनाएका छन् ।

तर अहिले विद्युतीय कारका ग्राहक भने निकै कम रहेका छन् । यता मोटर उत्पादक तथा कारोबारकर्ताको समाज (एसएमएमटी)को अध्ययनले बेलायतको सडकमा गुड्ने साढे तीन करोड सवारीसाधनमध्ये जम्मा एक प्रतिशत मात्रै विद्युतीय गाडी रहेको बताएको छ ।

यद्यपि यो संख्या भने क्रमशः बढिरहेको छ । गत वर्षभन्दा यो वर्ष ब्याट्री पावर्ड सवारीसाधनको बिक्री दोब्बर संख्याले बढेको छ भने प्लग–इन हाइब्रिड गाडीको संख्या पनि एक तिहाइ हाराहारीले बढेको छ ।

फोर्डको ब्रिटेन र आयरल्यान्डकी निर्देशक रहेकी ब्रान्किनले धेरै ग्राहकहरु विद्युतीय कारप्रति रुचि नराख्ने गरेको बताइन् । बेलायतमा फोर्ड सवारीसाधन बिक्रीमा अग्रपंक्तिमा आउँछ ।

एक ग्राहक सर्वेक्षणको क्रममा मात्र १० प्रतिशत ग्राहकले नयाँ सवारीसाधन रोज्ने क्रममा ब्याट्री इलेक्ट्रिक कार किन्ने रुचि देखाएको उनको भनाइ छ ।

यसरी नयाँ विद्युतीय कारमा रुचि नजाग्नुमा खास गरी ग्राहकले रेन्ज, चार्जिङ पूर्वाधार, पर्याप्त जानकारी अभाव र मूल्य लगायत कारण रहेको उनले बताइन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .