ad ad

अटो


स्वास्थ्य मापदण्ड पालना गरी वर्कशप खोल्न पाइने

स्वास्थ्य मापदण्ड पालना गरी वर्कशप खोल्न पाइने

नेपालखबर
जेठ १९, २०७८ बुधबार १०:४९,

उपत्यकामा अब वर्कशप खुल्ने भएका छन्।

तीन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले राति ९ बजेदेखि बिहान ९ बजेसम्म वर्कशप खोल्न दिने निर्णय गरेको हो।

निषेधाज्ञा थप गर्न बसेको बैठकले कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य सेनिटाइजरको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्ने गरी वर्कशप खोल्न छुट दिएको हो।

यदि तोकेबमोजिम मापदण्ड पालना गरेको अनुगमनमा भेटिए वर्कशप बन्द गरिदिने आदेशमा उल्लेख छ।

बैठकले उपत्यकामा जारी निषेधाज्ञा यो महिनाभरका लागि लम्ब्याउने निर्णय पनि गरेको छ। योसँगै अब खाद्यान्न पसल, पाठ्यपुस्तक पसल पनि ९ बजेसम्म खुल्ने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .