ad ad

अटो


एनएमबी बैंकले ल्यायो साइकल र विद्युतीय सवारी कर्जा योजना

एनएमबी बैंकले ल्यायो साइकल र विद्युतीय सवारी कर्जा योजना

नेपालखबर
जेठ २४, २०७८ सोमबार ६:८,

स्वच्छ सफा र हराभरा वातावरणप्रति प्रतिबद्धता देखाउँदै एनएमबी बैंकले एनएमबी विद्युतीय सवारीसाधन र साइकल कर्जा गरी छुट्टाछुट्टै कर्जा योजना प्रस्तुत गरेको छ।

एनएमबी बैंकले विश्व वातावरण दिवसको अवसरमा आफ्नो क्रेडिट कार्डहरु वा एनएमबी सुलभ किस्ता योजनाअन्तर्गत कर्जा योजना ल्याएको जनाएको छ।

यसअनुसार असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरिद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै ८० प्रतिशतसम्म फाइनान्सिङ, ७ वर्ष कर्जा अवधि, प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुट पाइने अफर छ।

साथै, एनएमबी बैंक लिमिटेड र माउन्टेन बाइक बिक्रेताहरुबीच जुन महिनाभर ईएमआईमा शून्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साइकल बुक वा खरिद गर्न सकिने योजना पनि प्रस्तुत गरेको छ।

यसअन्तर्गत एनएमबीका ग्राहकहरुले एपिक माउन्टेन बाइक झम्सिखेल, ग्राभिटी नेपाल झम्सिखेल, हिमालयन सिङ्गल ट्रेक ठमेल, काडमाडौं बाइक स्टेसन पानीपोखरी, साइकल ल्याण्ड, काडमाडौंबाट माउन्टेन बाइकहरु ‘एनएमबी सुलभ किस्ता’ योजनाअन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्।

हालको परिस्थिति र सरकारले जारी गरेको सुरक्षाको मापदण्डसँगै अघि बढ्ने उद्देश्यका साथ उक्त योजना अघि सारिएको हो।

वातावरणीय संरक्षण र ग्राहकहरुको आवश्यकतालाई सघाउ पु¥याउने कार्यलाई प्रवर्द्घन गर्न बैंकले नयाँ सुविधाहरु प्रस्तुत गरेको हो।

‘हाम्रो पर्यावरण भावी पुस्तालाई सुरक्षित तवरले हस्तान्तरण गर्न हाम्रो आफ्नै प्रयासले मात्र सक्षम हुनेछ भन्ने सन्देश एनएमबी बैंकले दिएको छ’, बैंकले विज्ञप्तिमा भनेको छ, ‘बैंक ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गको सदस्यको नाताले शून्य कार्बन उत्सर्जनको लागि वातावरणमैत्री बैंकिङप्रति प्रतिबद्ध रही ग्राहकको आवश्यकता सम्बोधन गर्न उपर्युक्त प्रयास गरिएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .