बुधबार टोयोटा ल्यान्ड क्रुजरको दुवईमा ‘वर्ल्ड प्रिमियर’ हुँदै छ।
टोयोटा कम्पनीका अनुसार २०२२ मा बजारमा आउने एसयूभीको आज राति वर्ल्ड प्रिमियर गर्न लागेको हो।
नयाँ ल्यान्ड क्रुजरमा १२.३ इन्च टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम ४ जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, २० इन्च एलोय ह्विल लगायतका सिस्टम हुने बताइएको छ।
गाडीमा पेट्रोल र डिजेल २ इन्जिन हुने अनुमान गरिएको छ। ३.३ लिटरको डिजेल इन्जिन जसले ३०२ बीएचपी र ३.५ लिटर पेट्रोल इन्जिन ४०९ बीएचपीको हुने बताइएको छ।
महंगो गाडीको रुपमा परिचित टोयटा ब्रान्ड नेपालमा वैद्य अर्गनाइजेसन आधिकारिक बिक्रेता रहेको छ।
प्रतिक्रिया