ad ad

अटो


फोर्स मोटरको नयाँ शोरुम हेटौंडामा, चाडपर्वलक्षित छुट अफर पनि सुरु

फोर्स मोटरको नयाँ शोरुम हेटौंडामा, चाडपर्वलक्षित छुट अफर पनि सुरु

नेपालखबर
भदौ २४, २०७६ मंगलबार ११:१,

फोर्स मोटरको आयातकर्ता कम्पनी आयाम इन्टरकन्टिनेन्टल प्रालिले हेटौँडामा मोटरको नयाँ शोरुम खोलेको छ। कम्पनीले हेटौंडामा आइतबार हेटौंडा ४ सानोपोखरामा नयाँ शोरुम उद्घाटन गरेको हो।

आयामले कम्पनीका गाडीहरुको बिक्रीवितरण समेत गर्दै आएको छ। कम्पनीका पिकअप, बस, मिनिबस र एम्बुलेन्स नेपाली सडकमा गुड्दै आएका छन्।

force motor 2

यो कम्पनीको नेपालमा २२ वटा डिलर र सर्भिस सञ्जाल रहेको कम्पनीका प्रबन्धनिर्देशक निरन केसीले जानकारी दिए। काठमाडौंमा कम्पनीले गैह्रीधारा र पोखराको चाउथेमा आफ्नै शोरुम समेत खोलेको छ।

force motor 3

त्यस्तै कम्पनीले नेपाली चाड दशैँलक्षित विशेष छुट योजना पनि ल्याएको छ। गाडी खरिदमा आकर्षक उपहारको व्यवस्था गरिएको र करिब ४ लाखसम्म छुट पाउने कम्पनीले जनाएको छ।

force motor 4

कम्पनीका गाडी खरिदमा ३ लाख किमि वा ३ वर्षको वारेन्टी सुविधा समेत दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .