बलिउड अभिनेत्रीबाट नेतृ बनेकी उर्मिला मातोडकरले भारतीय राष्ट्रिय कांग्रेसबाट राजीनामा दिएकी छन्।
मुम्बई कांग्रेसमा आवद्ध उर्मिलाले कांग्रेसको आन्तिरक गुटबन्दीबाट आजित भएका कारण राजीनामा दिएको बताएकी छन्।
उनले भनेकी छन्, ‘मेरो राजनीतिक र सामाजिक संवेदना ठूलो लक्ष्य हासिल गर्नका लागि हो। तर, मुम्बई कांग्रेसको आन्तरिक गुटबन्दीका कारण मैले केही गर्न पाएकी छैन।’
पार्टीलाई आफूले पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएपछि आफूले राजीनामाबारे सोच्न थालेको उनको भनाइ छ। उनले आफूले पार्टीले गति लिनुपर्ने भन्दै पार्टीप्रमुख मिलिन्दा देवडालाई पत्र गोप्य पत्र लेखेको र उनले त्यो पत्र सार्वजनिक गरेर आफूमाथि घात गरेको उनको आरोप थियो।
उनले आफूमाथि गलत आरोप लगाउने व्यक्तिलाई पार्टीले कारबाही नभएर पुरस्कृत गरेको समेत आरोप लगाएकी छन्। कांग्रेसका केही स्थानीय नेताहरुले मुम्बईको उत्तरमा भएको प्रदर्शन फितलो हुनुको कारण उर्मिलाको पत्र भएको भन्दै उनीमाथि आरोप लगाएका थिए।
उर्मिलाले भने पार्टीकै तयारी नपुगेका कारण सो प्रदर्शन फितलो भएको बताउँदै आएकी छन्।
प्रतिक्रिया